site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सेल्टामाथि गेटाफेको जित
Ghorahi CementGhorahi Cement

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा गेटाफेले सेल्टा भिगोलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा गेटाफेले सेल्टालाई ३ – ० ले हराएको हो ।

घरेलु मैदानमा गेटाफेलाई जित दिलाउन एन्जल रोड्रीगेजले दुई तथा जोर्गे मोलिनाले एक गोल गरे । सेल्टाविरुद्ध सहज जित निकाल्ने क्रममा गेटाफेले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।

Agni Group

पहिलो हाफको ३७ औं मिनेटमा रोड्रिगेजले गोल गर्दै गेटाफेलाई सुरुवाती अग्रता दिलाए । खेलको ५१ औं मिनेटमा जोर्गेले गोल गरेपछि गेटाफेले २ – ० को अग्रता बनायो । त्यसपछि खेलको ८५ औं मिनेटमा रोड्रिगेजले व्यक्तिगत दोस्रो गोल गर्दै गेटाफेलाई ३ – ० को जित दिलाए ।

जितसँगै २५ खेलबाट ३३ अंक जोडेको गेटाफे लिगको नवौ स्थानमा उक्लिएको छ । पराजित सेल्टा ३२ अंक जोडेर ११ औं स्थानमा रहेको छ । लिगको शिर्ष स्थानमा बार्सिलोना, दोस्रो स्थानमा एथ्लेटिको मड्रिड र तेस्रो स्थानमा भ्यालेन्सिया रहेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४  ०८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC