अर्थ व्यवसाय

टिभिएस जुपिटर क्लासिक पोखरा र चितवनमा पनि

टिभिएस जुपिटर क्लासिक पोखरा र चितवनमा पनि

काठमाडौं । नेपालमा टिभिएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएसको पहिलो जुपिटर क्लासिक पोखरा र चितवनमा सार्वजनिक गर्ने भएको छ । नयाँ जुपिटर क्लासिक नेपाली बजारमा लोकप्रिय भइरहेको छ । क्लासिक संस्करणमा सनलाइट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आकर्षक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी २ जना बस्न मिल्ने सिटलगायतका सुबिधा रहेको कम्पनीले जनाएको छ । 

टिभिएस जुपिटर क्लासिक आल्मुनियम बडीयुक्त र ११० सिसि इन्जिनबाट उच्चतम शक्ति उत्पन्न प्रदान गर्ने तथा फ्युल इफिसेन्सी रहेको बताइएको छ । यो स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ, जसको सहायताले इको मोड र पावर मोड दुवैमा चलाउन सकिन्छ । इको मोडमा गुडाउँदा इन्धनमा निकै बचत हुन्छ । 

क्षेत्रीय शुभारम्भ कार्यक्रमको उद्घाटनमा जुपिटर क्लासिकको ब्राण्ड एम्बेस्डर, आयुष्मान जोशी र प्रियंका कार्की नेपाल आइडलका लोकप्रिय प्रतिस्पर्धीमध्येका एक सुरज थापाका साथमा उपस्थित हुनेछन् । क्षेत्रीय शुभारम्भ फागुन ९ गते पोखराको चिप्लेढुंगामा र फागुन १० गते चितवनको टिभिएस शोरुम भरतपुर ओरालोमा हुने कम्पनीले जनाएको छ ।
 

तपाईंको मत