site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आफ्नै राइफल विरुद्ध किन छन् अमेरिकी ?
Sarbottam CementSarbottam Cement

बीबीसी । अमेरिकाका ४० प्रतिशत नागरिकले आफुले हतियार राख्ने गरेको स्वीकार गरेका छन् । तिनै ४० प्रतिशत नागरिकले हतियार राख्न पाउनु आफुहरुको अधिकार भएको पनि बताउँदै आएका छन् । 

तर गत शनिवार स्कट पपालार्डो नाम गरेका अमेरिकी नागरिकले आफ्नै बन्दूक ताड्ने प्रतिवद्धता जनाए । आफ्नो हतियार तोड्ने उनी एक्ला अमेरिकी नागरिक भने होइनन् । 

गत साता फ्लोरिडाको एक विद्यालयमा भएको गोलीबारीमा १७ जनाको मृत्यु र केही मानिसहरु घाइते भए पछि घटनाको विरोधमा युवाहरुले ‘लेभर अगेन’ अभियानको शुरुआत गरेका थिए । 
र्याली निकालेर यूवाहरुले बन्दूकबाट हुने घटनाहरुमा रोक लगाउन र हतियार राख्न पाउने कानून परिवर्तन गर्नुपर्ने माग राखे । 

Prabhu Bank
Agni Group
NIC Asia

र्यालीपछि स्कट पपालार्डो नाम गरेको यूवाले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो जारी गरेका थिए । जसमा उनी एआर–१५ राइफललाई इलेक्ट्रिक कटरले काटीरहेको देखिएका थिए । यो भिडियोलाई २ करोड २० लाख मानिसहरुले हेरेका छन् । 

न्यूयोर्कमा बस्दै आएका पपालार्डोले बीबीसीसँगको कुराकानीमा भने, “फ्लोरिडाको घटनाले मलाई भित्रैबाट कमजोर बनाएको छ । म यो हतियार गतवर्ष नै बिक्री गर्न चाहन्थे । प्रदर्शनमा उत्रिएका बालबालिकाहरुको अनुहारमा पीडा झल्किरहेको थियो । र उनीहरुको कहानीले मलाई यस्तो गर्न बाध्य बनायो ।’’

Global Ime bank

पपालार्डोको उक्त भिडियोले अरुलाई पनि प्रेरित गरिरहेको छ । मंगलवार देबी लेन्जले फेसबुकमा एक फोटो पोस्ट गर्दै पपालार्डोलाई धन्यवाद दिएका छन् । 

उनले लेखेका छन्, “यो मेरो एआर–१५ राइफल हो । स्काट पपालार्डोले मलाई प्रेरित गरे । धन्यवाद सर, मलाई यसका साथ अव के गर्नुपर्छ भन्ने बारेमा सिकाईदिनुभयो । यो मसँग कयौं वर्षदेखि थियो । म अव यसका साथ अव रहन सक्दैछ ।’’

माइकल टी मर्फीले पनि मंगलवार ‘नट माई एआर’ र ‘वनलेस’ ह्याशट्यागका साथ एक भिडियो पोस्ट गरेका थिए । उनले आफ्नो राइफललाई इलेक्ट्रिक कटरले काट्नु अघि भने, “मलाई यो राख्न पाउनु आफ्नो अधिकार हो जस्तो लाग्दैन । सरकार यस्ता हतियार समाजबाट हटाउन उचित कदम चालोस् भन्ने चाहन्छु ।’’


http://www.bbc.com/hindi/social-43151015

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  ०५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC