site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
यी औषधीले गर्नेछन् तनाव कम !
Sarbottam CementSarbottam Cement

बीबीसी । वैज्ञानिकहरुले हालै गरेको एक अनुसन्धानपछि औषधिबारे सबैभन्दा ठूलो विवाद हल भएको बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।

११ लाख भन्दा बढी मानिसहरुमा गरिएको सर्वेक्षणपछि २१ वटा एन्टिडिप्रेसन ओषधीहरुले वास्तवमै तनाव कम गर्न सक्ने पत्ता लगाइएको हो । तर ती सबै औषधीहरुले एकअर्का भन्दा धेरै फरक तरिकाले काम गर्ने बताइएको छ ।

रिपोर्ट प्रस्तुत गर्ने अध्ययनकर्ताले ती औषधिहरुबाट अरु पनि फाइदा लिन सकिने बताएका छन् । मानसिक तनाव कम गराउने औषधीहरु इङ्ल्यान्डमा मात्र ६ करोड भन्दा बढी पाइने गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तरपनि ती सबैमध्ये थोरै मात्र प्रभावकारी रहेको बताइन्छ । रोयल कलेज अफ साइक्रियाट्रिसका अनुसार यस अनुसन्धानपछि वास्तवमा यी औषधिले काम गर्छ की गर्दैन र कसरी काम गर्छ भन्ने विश्वव्यापी विवादलाई सामाधान गरेको छ । 

यसरी तनावको प्रकार हेरेर सबैभन्दा प्रभावकारी औषधीबारे खोज गर्नु चिकित्सक र बिरामी दुवैका लागि अत्यन्तै खुसीको खबर रहेको अक्सफोर्डका वरिष्ठ अध्ययनकर्ता डाक्टर एन्ड्रे किपरिआनीले बताएका छन्  ।

Global Ime bank

सबैभन्दा प्रभावकारी औषधिका नामहरु यस प्रकार बताइएको छ : एगोमेलाटिन, एमिट्रिपटाइलिन, एस्किटेलोप्राम, मिर्टाजापाइन, प्यारोक्सेटिन

त्यस्तै सबैभन्दा कम प्रभावकारी साबित भएका औषधिहरु यी हुन् : फ्लुअक्जेटिन, फ्लुभोक्जामिन, रिबोकजेटिन, ट्राजोडोन

यो नयाँ खोजपछि चिकित्सकहरुलाई औषधि छनौट गर्न धेरै सजिलो हुने वैज्ञानिकहरुले बताएका छन् तरपनि बिरामीहरुले चिकित्सकको सल्लाहबिना जथाभावी औषधि बदल्न नमिल्ने उनीहरुको भनाइ छ । 

मानिसहरुमा तनावको लक्षण, असर र प्रकार हेरेर यो सूची सार्वजानिक गरिएकाले पहिले अस्पतालमा सम्पर्क गरेर मात्र सेवन गर्नुपर्ने उनीहरुले सुझाव दिएका हुन् । 

अहिलेसम्म तनाव मुक्त गराउने भनिएका सबै औषधिहरुले राम्रो काम नगरेको गुनासो आउने गरेकाले पनि यो खोज भविष्यका लागि समेत धेरै महत्वपूर्ण हुने विज्ञहरुको भनाइ छ । 
http://www.bbc.com/news/health-43143889

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  ०५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC