site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
के मोदीकै कारणले डुब्ला अर्बौंको हीरा कारोबार ?
Ghorahi CementGhorahi Cement

बीबीसी । हीराका व्यापारी र हीरा व्यापारलाई नजिकबाट नियाल्ने व्यक्तिहरुले भारतको पञ्जाब नेशनल बैंकमा भएको ११ हजार ५ सय करोड रुपैयाँको घोटालाका कारण करोडौं रुपैयाँको हीरा व्यापारमा ठूलो असर पर्न सक्ने दाबी गरेका छन् । भारतमा अहिले पीएनबी घोटालाको चर्चा चलिरहेको छ भने राजनीतिक दलहरु यो घटनामा एक–अर्काप्रति आरोप–प्रत्यारोपमा छन् ।

यस बीचमा गत बिहीबार हीरा व्यापारी नीरव मोदीको मुम्बई, दिल्ली र सूरतमा रहेका अड्डाहरुमा प्रवर्तन निर्देशनालयले छापा मारेर उनको हीरा कारखानाहरुबाट केही दस्तावेज बरामद गरेको छ । साथै व्यापारी मोदीको गोदाम घरको पनि जाँच गरिएको छ । .

अर्कोतिर भारतमा नीरव मोदीको झण्डै ५१ सय करोड रुपैयाँ बराबरको सम्पत्ति जफत गरिएको पनि समाचार बाहिरिएको छ । यी विभिन्न घटनाक्रमका बीच बीबीसीले सूरतको हीरा व्यापारमा यो बैंक घोटालाको कस्तो असर पर्न सक्छ भनेर विश्लेषण गरेको छ । 

Agni Group

सूरतका हीरा व्यापारी कीर्ति शाह भन्छन्, “यो घोटालाका कारण भारतमा हीरा व्यापारको साखमा धक्का लागेको छ । यस कारण अब यदि अन्य कम्पनीहरु बैंकबाट यस प्रकारको ऋण लिन जाँदा अप्ठ्यारो भोग्नपर्ने हुन्छ ।’’ 

हीरा व्यापारलाई नजिकबाट नियाल्दै आएका विश्लेषक अनिरुद्ध लिडबिदका अनुसार हीराको व्यापारको सबैभन्दा ठूलो आधार बैंकबाट मिल्ने कर्जा भएको बताउँछन् । बैंकको कर्जाबीना हीरा व्यापारीहरुले काम गर्न नसक्ने भएकाले घोटालापछि अव उनीहरुलाई झनै समस्या हुने उनको भनाई छ । 

Global Ime bank

पीएनबी घोटाला र नीरव मोदी
 

अनिरुद्ध लिडबिद भन्छन्, “लेटर अफ क्रेडिट अनुरुप यसलाई लोन भनिन्छ । जसमा पछि ग्यारेन्टी बस्ने बैंक जसले क्रेडिट लिन्छ (यहाँ नीरव मोदी) उसबाट पैसा असुल गर्दछ । तर पीएनबीको घोटाला अलग छ । यहाँ यदि नीरव मोदीले पैसा फिर्ता नगरे बैंकले विदेशी बैंकहरुलाई रकम भुक्तान गर्नुपर्नेछ ।’’

कति ठूलो छ हीरा व्यापार ?
 

सूरत डायमण्ड एसोसिएशनका अनुसार विश्वको ८० प्रतिशत हीरा सूरतमा काटिने र परीक्षण गरिने गरिएको छ । जेम्स एण्ड ज्वेलरी समेत सूरतमा हीराको व्यापार कुल २.७८ लाख करोड रुपैयाँ बराबरको छ । यसमा एक लाख करोड रुपैयाँको हीरा निर्यात गरिन्छ भने १.५८ लाख करोड रुपैयाँको हीरा आयात गरिन्छ । 

नीरव मोदीको व्यवसाय कति ठूलो छ ?

“सूरतको स्पेशल इकोनोमिक जोन (एसईजेड) मा उनका दुई कारखाना छन् ।  जसमा ज्वेलरीको म्यान्युफ्याक्चरिङ हुन्छ’’, सूरतमा नीरव मोदीको व्यापारका बारेमा वरिष्ठ पत्रकार आरिफ नालबन्दले भने, “अन्य एक स्थानमा उनको हीरा म्यान्युफ्याक्चरिङको कारखाना छ । यस्ता अनेक स्थानमा प्रवर्तन निर्देशालयले खोज अभियान चलाएको छ ।’’

के आरोप लागेको छ हीरा ब्यापारी नीरव मोदीमाथि ?
 

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार केन्द्रीय जाँच ब्यूरो (सीबीआई) का अधिकारीहरुले पञ्जाब नेशनल बैंकलाई नीरव मोदी, उनका भाई, पत्नी र साझेदारले २८० करोड रुपैयाँभन्दा बढी क्षति पुर्याएका छन् ।

सीबीआईले पञ्जाब नेशनल बैंकको उजुरीका आधारमा मोदीविरुद्ध कारवाही प्रक्रिया अघि बढाएको छ । नीरव, उनका भाई निशाल, पत्नी अमी र मेहुल चीनूभाई चोकसीले बैंकका अधिकारीहरुका साथ षडयन्त्र गरेर ठगी गरेको दावी गरेको छ । 

कस्तो छ उनको परिवारिक पृष्ठभूमी ?
 

युवा अवस्थामा आर्ट र डिजाइनमा रुची राख्ने नीरव मोदी यूरोपका अलग–अलग म्यूजियममा आवत–जावत गरिरहन्थे । पछि उनले भारत फर्किएर डायमण्ड ट्रेडिङ बिजनेसको तालिम लिए पछि सन् १९९९ मा फायरस्टारमा कदम राखेका थिए । 

फायरस्टार एक डायमण्ड सोर्सिङ र ट्रेडिंङ कम्पनी हो । सन् २०१० मा उनी क्रिस्टी र सादबीको कैटालागमा स्थान बनाउन सफल पहिलो भारतीय ज्वेलर बने । सन् २०१३ मा नीरव फोब्र्स लिस्ट अफ इण्डियन बिलिनेयरमा पुग्न सफल भए । त्यो बेला देखि उनी सोही स्थानमा यथावत रहँदै आएका व्यक्ति हुन् ।

नीरव मोदीको कम्पनीका आभूषणहरु केट विन्स्लेट, रोजी हन्टिन्गटन–व्हाटली, नाओमी वाट्स, कोको रोशा, लीजा हेडन र एश्वर्य राय जस्ता भारतीय र अन्तरराष्ट्रिय स्टाइल आइकनहरु प्रयोग गर्दै आएका छन् । 

http://www.bbc.com/hindi/india-43112903

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  ०६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC