site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
घरेलु मैदानमा पराजित आर्सनल अन्तिम १६ मा
Sarbottam CementSarbottam Cement

एजेन्सी । इंग्लिश क्लब आर्सनलले युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । युरोपा लिग अन्तर्गत बिहिबार राति अन्तिम ३२ को दोस्रो लेगमा स्वीडिस क्लब ओस्टरसून्ड्स एफकेसँग २ – १ ले पराजित भएपनि समग्रमा जित निकाल्दै आर्सनल अन्तिम १६ मा पुगेको हो ।

घरेलु मैदानमा ओस्टरसून्ड्ससँग स्तब्ध बनेपनि आर्सनलले समग्रमा ४ – २ को जित निकाल्दै अन्तिम १६ मा पुगेको हो । आर्सनललाई पहिलो लेगमा निकालेको फराकिलो जितले अन्तिम १६ को यात्रा तय गराएको हो  ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो लेगमा आर्सनलले ओस्टरसून्ड्सलाई ३–० ले हराएको थियो । दोस्रो लेगमा उत्कृष्ट खेल खेल्दै घरेलु टोलीलाई हराएको ओस्टरसून्ड्स भने घरेलु मैदानको खराब नतिजाको कारण प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।

इमिरेट्स स्टेडियमा आर्सनललाई हराउने क्रममा ओस्टरसून्ड्सका होसम एइशले २२ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए  । त्यसको एक मिनेट नबित्दै केन सिमाले गोल गोल गरेपछि पहिलो हाफमा ओस्टरसून्ड्स २ – ० ले अघि रह्यो ।

Global Ime bank

दोस्रो हाफमा आर्सनल खेलमा फर्कने प्रयास गर्यो । खेलको ४७ औं मिनेटमा आर्सनलका सिड कोलासिनेकले गोल गर्दै खेल २ – १ मा ल्याए ।  त्यसपछि दुवै टोलीबाट थप गोल हुन् सकेन र खेल ओस्टरसून्ड्सले २ – १ ले आफ्नो बनायो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  ०७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC