site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नापोली युरोपा लिगबाट बाहिरियो, एसी मिलान अन्तिम १६ मा
Sarbottam CementSarbottam Cement

एजेन्सी । इटालियन क्लब नापोली युरोपा लिग फुटबलबाट बाहिरिएको छ । युरोपा लिग अन्तर्गत बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा आरबि लेपजीङलाई २ – ० ले हराएपनि नापोली अवे गोलको आधारमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

जर्मन क्लब आरबि लेपजीङलाई उसैको मैदानमा हराउन नापोलीका पियोट जीलिन्स्की र लोरेन्जÞो इन्सिग्नले समान एक एक गोल गरे । पहिलो हाफको ३३ औं मिनेटमा जीलिन्स्कीले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाए । खेलको ८६ औं मिनेटमा इन्सिग्नले गोल गरेपछि नापोली २ – ० ले विजयी भयो । तर, यो जितले नापोलीलाई अन्तिम १६ मा पुर्राउँन सकेन ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो लेगमा लेपजीङसँग ३ – १ ले पराजित भएकै कारण इटालियन सिरी ए लिग लिडर नापोली अन्तिम १६ मा पुग्न असफल भएको हो ।  दोस्रो लेगपछि लेपजीङ र नापोलीबिचको खेल समग्रमा ३ – ३ गोलको बराबरीमा सकियो । दुई टोलीबीचको खेल समग्रमा बराबरी भएपछि नापोलीलाई उसैको मैदानमा ३ – १ ले हराएको कारण अवे गोलको आधारमा लेपजीङ विजयी हुँदै अन्तिम १६ मा पुग्न सफल भयो ।

नापोली बाहिरिएपनि अर्को इटालियन क्लब एसी मिलान भने युरोपा लिगको अन्तिम १६ मा पुगेको छ । बिहिबार राति भएको दोस्रो लेगमा लुडोगोरेट्स राज्गार्डलाई १ – ० ले हराउँदै समग्रमा ४ – ० को जितसहित एसी मिलान अन्तिम १६ मा पुगेको हो । दोस्रो लेगमा एसी मिलानलाई जित दिलाउन फाबियो बोरिनीले निर्णायक गोल गरे ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC