site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एथ्लेटिको मड्रिड युरोपा लिगको अर्को चरणमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । स्पेनिस क्लब एथ्लेटिको मड्रिडले युरोपा लिग फुटबलको अन्तिम १६ को यात्रा तय गरेको छ । अन्तिम ३२ अन्तर्गत बिहीबार राति भएको दोस्रो लेगमा एफसी कोपनहेगनलाई १ – ० ले हराउँदै समग्रमा ५ – १ को जित निकाल्दै एथ्लेटिको मड्रिडले अन्तिम १६ मा स्थान बनाएको हो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा एथ्लेटिको मड्रिडलाई जित दिलाउन केभिन गामिरोले निर्णायक गोल गरे । डेनीस क्लब कोपनहेगनविरुद्ध गामिरोले पहिलो हाफको सातौं मिनेटमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल एथ्लेटिको मड्रिडले १ – ० ले जित्यो । यसअघि पहिलो लेगमा एथ्लेटिको मड्रिडले कोपनहेगनलाई उसैको मैदानमा ४–० ले हराएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै अर्को स्पेनिस क्लब एथ्लेटिको बिल्बाओले पनि युरोपा लिगको अन्तिम १६ मा स्थान बनाएको छ ।  बिहीबार घरेलु मैदानमा भएको दोस्रो लेगमा रुसको स्पार्टक मस्कोसँग २ – १ ले पराजित भएपनि समग्रमा ४ – ३ ले जित निकाल्दै एथ्लेटिको बिल्बाओ अन्तिम १६ मा पुगेको हो ।

मस्कोको घरेलु मैदानमा भएको पहिलो लेगमा सहज जित निकालेकै कारण एथ्लेटिको बिल्बाओ युरोपा लिगको अर्को चरणमा पुगेको हो । पहिलो लेगमा एथ्लेटिको बिल्बाओले  ३–१ को जित निकालेको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  ०७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC