site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
मोबाइल प्रयोगबाट क्यान्सर हुन सक्छ ?
Sarbottam CementSarbottam Cement

बीबीसी । तपाईँको मोबाइल फोनबाट निस्कने रेडिएशनबाट कति हानी हुन्छ ? के यी रेडिएशनबाट ट्यूमर हुने खतरा छ ? यसबाट कसरी बच्न सकिन्छ ? यी प्रश्नहरुमाथि वैज्ञानिक कयौं वर्षबाट अनुसनधान गरिरहेका छन् तर अहिलेसम्म उनीहरुले सही जवाफ पाउन सकेका छैनन् । 

तर दुई कुरा के स्पष्ट छ भने रेडियो फ्रिक्वेन्सी वेभ नन आओनाइजेशन रेडिएशन हुन । जो एक्स–रे र अल्ट्राभ्वायलेट रेडिएशनको तुलनामा कम शक्तिशाली हुन्छ । एक्स–रे र अल्ट्राभ्वायलेट रेडिएशन हाम्रो डीएनएमा रहेको ‘केमिकल बण्ड’लाई क्षति पु¥याउन सक्ने क्षमता राख्छन् । 

अमेरिकन क्यान्सर सोसाइटी यी रेडिएशनबाट दिमाग, टाउको र घाँटीको ट्यूमर हुन सक्छ कि सक्दैन भन्ने बारमा शोध गरिरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सोसाइटीका अनुसार मोबाइल फोनबाट निस्कने रेडिशनमा हाम्रो डीएनएमा परिवर्तन गर्न सक्ने शक्ति नहुने भएकाले मोवाईलका रेडिएशनले क्यान्सर जस्ता बिरामी उत्पन्न गर्न सक्छ भन्ने निश्चित हुन सकेको छैन् ।  

कुन फोनबाट बढी रेडिएशन उत्पन्न हुन्छ ?

Global Ime bank

जर्मन फेडरल अफिस फर डेटा प्रोटेक्शनले एक सूची तयार पारेको छ । जसमा कयौं नयाँ र पुराना स्मार्टफोनबाट निस्कने रेडिएशनको जानकारी दिइएको छ । सबैभन्दा बढी रेडिएशन उत्पन्न हुने मोवाइलहरुमा ‘वन प्लस’ ‘हूवावे’ र ‘नोकिया लूमिया’ सबैभन्दा माथि छन् । 

आईफोन–सेभेन १० औं, आईफोन–एट १२ औं र आईफोन–सेभेन प्लस १५ औं स्थानमा रहेको छ । सोनी एक्सपीपिया एक्स जेड कम्प्याक्ट (११) जेड टी ई एक्सन सेभेन मिनी (१३) ब्ल्याकबेरी डीटीईके ६० (१४)  पनि सूचीमा समावेश छन् । मोबाइल रेडिएशनका बारेमा कतिसम्मको रेडिएशन सुरक्षित मान्न सकिन्छ भन्ने कुनै ‘गाइडलाईन’ नै छैन् । 

सबैभन्दा कम रेडिएशन भएका फोनमा सोनी एस्पीरिया एम ५ (०.१४) सबैभन्दा अगाडि छ । यसपछि सामसङ ग्यालेक्सी नोट ८ (०.१७), एस सिक्स एज प्लस (०.११) गूगल प्लस एकसेल (०.२५), र सामसङ ग्यालेक्सी एस ८ (०.२६) तथा एस ७ एज (०.२६) रहेका छन् । 

रेडियो फ्रिक्वेन्सीबाट कसरी बच्न सकिन्छ ?
 

रेडियो फ्रिक्वेन्सी सबैभन्दा बढी फोनको भित्र रहने एन्टेनामा हुन्छ । फोन आफुसँगै राख्दा नोक्सानको सम्भावना पनि उत्तिकै बढी रहन्छ । तर केही उपाय अपनाए यसको असरबाट केही मात्रामा बच्न सकिन्छ । 

बढी फ्रिक्वेन्सीबाट बच्ने तरीकाहरु 
 

फोनलाई स्पीकर अथवा ह्याण्ड्स–फ्री मोडमा प्रयोग गरौं । फोन कलभन्दा बढी म्यासेजमार्फत कुराकानी गर्ने प्रयास गरौं । 

http://www.bbc.com/hindi/science-43165282

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०७४  ०९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC