site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसलाई अब के गर्ने ? यस्ता छन् रामचन्द्र पौडेलका २७ बुँदे सुझाव 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि आरोपै आरोप तेर्स्याउँदै पार्टी सुधारका विकल्प पेस गरेका छन् । उनले पार्टीलाई अब कसरी अघि बढाउने भन्नेबारेमा पनि सुझाव दिएका छन् ।
यस्ता छन् उनले दिएका लिखित सुझाव 

१ पार्टीलाई मूल्याङ्कनको आधारमा सञ्चालन गर्ने, नयाँलाई सम्मान र पुरानालाई अवसर प्रदान गर्ने । 
२ अतीत मुखी हैन भविश्य मुखी कांग्रेस । 
३ समाजवादीको स्वर्ग भविश्यमा हुन्छ । 
४ संघीय लोकतान्त्रिक गणतन्त्रको कांग्रेस कस्तो हुने ?
५ कम्यूनिष्ट एकताले निर्माण गरेको परिस्थितिमा कांग्रेस कसरी अघि बढनु पर्ने ? 
६ कांग्रेसजन हरुमा नयाँ जागर भर्न के गर्नु पर्ने ? 
७ काम गर्ने कांग्रेस कसरी वनाउने ? 
८कांग्रेस लाई काम गरेस कसरी वनाउने ? सभापतिको धारणा के छ ? 
९ केन्द्रिय समिति देखी वडा र टोल समिति सम्म अर्कमण्यता छ । वैठक सम्म वस्दैनन् । 
१० एउटापनि नयाँ मानिसलाई कांग्रेसमा आकर्षित गर्ने र पार्टीको संख्या र समर्थक बढाउने काममा कोही लागेको देखिन्न । नेतृत्वले के प्ररणा दियो ? 
११ कांग्रेसमा जाँगर भर्ने र कांग्रेसलाई जनता माझ कसरी पु¥याउने ? 
१२ कांग्रेसका सबै तहमा विशेष पाठ्यक्रम सहित निरन्तर प्रशिक्षण र अन्तरक्रिया चलिरहन नितान्त आवश्यक छ । 
१३ पार्टीको महासमिति बोलाएर संघीय लोकतान्त्रिक गणतन्त्र अनुरुप नयाँ विधान पारित गरी त्यो संरचना अनुसार पार्टीको संगठन तलदेखि माथिसम्म तत्काल बनाउन चौधौं महाधिवेशनमा तुरुन्तै जानु पर्छ । 
१४ पार्टीमा सही नेतृत्व विकास गर्न कांग्रेसलाई कांग्रेसकै रुपमा राख्न जो सही क्रियाशिल कार्यकर्ता हुन् तिनको सूची तयार गरी तिनीहरुलाई मात्र क्रियाशिल सदस्यता फर्म भर्न र नविकरण गर्न लगाउनु पर्छ  । 
१५ पार्टीका तलदेखि माथिसम्मका सबै सदस्यहरुलाई कामको जिम्मा दिनुपर्छ । काम नगर्नेलाई सचेत गराउनु पर्छ । अनुशासन, क्रियाशिलता एवं पार्टीको नीति र आर्दश प्रति प्रतिबद्धता कांग्रेस बन्न अनिवार्य सर्त हुन् ।  
१६ कांग्रेसले भ्रष्टाचारको कडा विरोध गर्ने सामथ्र्य राख्नु पर्दछ । सुशासनको खोजीमा जनताको साथ लिएर अघि बढनुपर्छ । 
१७ कम्यूनिष्टको चरित्रनै केन्द्रीकरणको हुन्छ । कांग्रेसले केन्द्रीकरणको विरोध र स्थानिय तह तथा प्रदेश तहमा संविधानले दिएका अधिकार सहीसलामत पु¥याउन हर्दम आवाज दिईरहनु पर्नेछ । 
१८ अनुशासन हीनता र अकर्मव्यताको अन्त गनुपर्छ । 
१९ कांग्रेसजनहरुले जनताको स्वार्थ संग आपूmलाई गास्ने र हर सुख–दुखमा  जनतालाई सहयोग गर्न अग्रशर रहनुपर्छ । 
२० विकासमुखी– विपन्नमुखी र जनमुखी संगठन निर्माण गर्ने । कांग्रेसले निमुखालाई न्याय र विपन्नलाई आयको समाजवादी आदर्शका लागि हमेशा प्रयत्नशील र संघर्षशील रहनुपर्छ । 
२१ कांग्रेस शहरमुखी भन्दा गाउँमुखी हुनुपर्छ । गाउमै कृषिक्रान्ति, पर्यटनको विस्तार र उर्जाशक्तिको  विकास गराएर गाउँमै वसौं वसौं वनाउन कांग्रेस  सदैव पर्यत्नशील रहनुपर्छ । जुन क्षेत्रको नेतृत्व लिने हो नियमित रुपमा त्यही खट्नु पर्छ । 
२२  गाउँ गाउँमा सहकारी संस्था, वन उपभोक्ता समीति र जल उपयोग र भू–उपयोग समिति, नदि नियन्त्रण समिति, टोल सुधार समिति, सामाजिक सुधार समिति खोलेर समाज र जनताको सेवामा कृयाशिल रहनुपर्छ । 
२३ यतिञ्जेल हाम्रा साथीहरुले गाउ गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थय, संचार जस्ता पूर्वाधार निर्माणमा अग्रशरता लिएका छन् । आव हाम्रा साथीहरु गाउँमा आम्दानी र रोजगारी बढाउने तर्फ कृयाशिल रहनुपर्दछ । हाम्रो आजको नारा नै ‘‘कर्मशिल कांग्रेस’’ हुनुपर्छ । 
२४ राजनैतिक नियूक्ति र संवैधानीक नियूक्तिहरुमा राजनीतिकरण र पार्टीकरणको विरोध गर्ने र सम्बन्धित विज्ञलाई प्राथामिकता दिन दवाव दिनुपर्दछ । 
२५ नेपाली समाजको र नेपाल राष्ट्रको प्रजातान्त्रिककरणको अभियान र त्यसका लागि टोल–टोलसम्म प्रशिक्षण अभियान समेत कांग्रेसले संचालन गर्नुपर्दछ । 
२६ कम्यूनिष्ट एकताको परिणाम नेपाल एकात्मकतावाद तिर सर्वसत्तावाद तिर उन्मुख हुदै जान सकछ । यो प्रवृत्तिको सामना गर्नु कांग्रेसको मुख्य  जिम्मेवारी हो । 
२७ यस्ता प्रवृत्तिको सामना गर्न, आफूभित्र मात्र तानतुन र जोडघटाउको नेतृत्व वाट सम्भव छैन । स्वच्छ र उच्च नैतिक नेतृत्वको खाँचो पर्दछ । उच्च मनोवल विना कम्यूनिष्ट शक्तिलाई कडा चुनौती दिन सकिन्न । कांग्रेसजनले  वेलैमा यो कुरा बुझनु जरुरी छ । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०७४  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC