site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
शी जिन पिङलाई २०२३ पछि पनि राष्ट्रपति बनाउने तयारी
Sarbottam CementSarbottam Cement

बीबीसी । चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले एक व्यक्तिले दुई कार्यकाल मात्रै राष्ट्रपति बन्न पाउने संविधानको धारा हटाउने प्रस्ताव गरेको छ । कम्युनिष्ट पार्टीको प्रस्ताव पारित भए चीनका वर्तमान राष्ट्रपति शी जिनपिङ आफ्नो कार्यकाल पछि पनि पदमा रहिरहने छन् । 

उनले सन् २०२३ पछि पनि राष्ट्रपति पदमा वहाल रहिरहने मनसाय बनाएको आंकलन गरिएको छ । चीनमा दिवंगत नेता माओ त्सेतुंगपछि पार्टी कांग्रेसले गत वर्ष शी जिनपिंगलाई सबैभन्दा शक्तिशाली नेता मानेको थियो । 

उनको विचारधारालाई पार्टी कांग्रेसका दौरान पार्टीको संविधानमा समावेश गरिएको थियो भने शी जिनपिंग उत्तराधिकारीमा कसैलाई चुनिएको पनि थिएन् । सन् १९५३ मा जन्मिएका शी जिनपिङका पिता कम्युनिस्ट पार्टीका संस्थापक नेताहरु मध्यका एक थिए । शी जिनपिंग सन् १९७४ मा कम्युनिष्ट पार्टीका सहभागि भएका थिए । सन् २०१३ मा चीनको राष्ट्रपति बन्नु भन्दा अगाडि नै उनले पार्टीमा बलियो पटक बनाई सकेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

शी जिनपिंगको कार्यकालमा आर्थिक सुधार, भ्रष्टाचार विरुद्ध अभियान र राष्ट्रवादमा नयाँ शुरुआत देख्न पाइएको छ । उनको कार्यकालमा मानवाधिकारमाथि दमन पनि देखिएको छ । 

के हो नयाँ कदम ?

Global Ime bank

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले आइतबार यसका बरेमा जानकारी दिएको छ । उसले आफनो रिपोर्टमा भनेको छ, “चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समिलिे उक्त धारालाई हटाउने प्रस्ताव गरेको छm जुन  चीनियाँ जनवादी गणराज्यका राष्ट्रपति र उप–राष्ट्रपतिलाई लगातार दुई कार्यकालभन्दा अधिक सेवा गर्ने मौका दिँदैन् ।’’ 
 घोषणा अत्यन्तै सावधानीपूर्वक गरिएको छ । किनकी चीनियाँ नागरिक सोमवार चीनियाँ नयाँ वर्ष मनाएपछि काममा फर्किने छन् । शीतकालीन ओलम्पिकको समापन समारोहमा पनि चीन केन्द्रमा छ, किनकी दक्षिण कोरिया पछि २०२२ मा बेईजिङमा यो खेल हुने भएको छ । 
पार्टीका केन्द्रीय समितिका वरिष्ठ नेता सोमवार बेइजिङमा एक बैठक गर्न गइरहेका छन् । संसदमा जानु अघि उक्त प्रस्ताव ६ मार्चबाट सुरू हुन गइरहेको नेशनल पीपल्स कांग्रेसमा राखिने बताइएको छ । 

१९९० मा समाप्त भएको थियो प्रावधान

चिनियाँ कम्युनिष्टको संविधानमा मौजूदा प्रावधान अनुसार शी जिनपिङले २०२३ मा पद छाड्नु पर्ने छ । १० वर्षसम्म पदमा बहाल रहने परम्परा १९९० मासुरु भएको थियो । त्यो बेला दिग्गज नेता डेंग जियाओपिंगले अराजकता दोहो¥याउनबाट बच्ने माग गरेका थिए । त्यस पछि माओभन्दा अघि र पछिको युग मानिन्छ । 

शी जिनपिंगभन्दा अगाडिका दुई जना पूर्व राष्ट्रपतियहरुले यसै उत्तराधिकारको घोषणाको पालना गरे पनि जिनपिङ २०१३२ मा शक्तिमा पुगेपछि उनले आफ्नै नियम लेख्ने तत्परता देखाएका छन् । जिनपिङ कहिलेसम्म सत्तामा रहन्छन् भन्ने निश्चित नभएपनि चीनको सरकारी अखबार ‘ग्लोबल टाइम्स’ सम्पादकीयमा परिवर्तनको अर्थ राष्ट्रपतिको आजीवन कार्यकाल रहने भन्ने नभएको स्पष्ट गर्न खोजिएको छ । 

http://www.bbc.com/hindi/international-43190057

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०७४  ०५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC