site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
वैदेशिक रोजगारीमा जाने नेपाली घटे, गतवर्षभन्दा १५ हजार कम
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ७ महिनामा गतवर्षको तुलनामा १५ हजारभन्दा कम कामदार रोजगारीका लागि विदेश गएका छन् ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो सात महिनाको विवरणअनुसार यसअवधिमा संस्थागत र व्यक्तिगत दुवैतर्फ वैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट आएको हो ।

विभागका अनुसार चालुआवको पहिलो ७ महिनामा रोजगारीका लागि श्रम स्वीकति लिने नेपालीको संख्या १ लाख ९७ हजार १ सय ९६ रहेको छ । 
गतवर्षको सोही अवधिको तुलनामा यो संख्या २ लाख ११ हजारभन्दा बढी रहेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

वैदेशिक रोजगारीको विश्वव्यापी ट्रेन्ड खस्किरहेको अवस्थामा पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा उल्लेख्य कमी आएको रोजगार विज्ञ डा. गणेशमान गुरुङ दाबी गर्छन् । उनका अनुसार स्वदेशमै रोजगारीका अवसर सिर्जना भइरहेको तथा नेपाली कामदारको प्रमुख गन्तव्यको रुपमा रहेका खाडी मुलुकमा रोजगारी सिर्जना कम भएको अवस्था छ । 
उनी अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्य घट्नाले साउदी अरब तथा खाडी मुलुकको अर्थतन्त्र गोलमाल भएकोले त्यसको असर नेपाली श्रमिकमा परेको बताउँछन् ।
डा. गुरुङले भने, “ती मुलुकमा रोजगारदाता कम्पनीहरु बन्द हुने अवस्थामा भएको बेला तथ्यांकले रोजगारीका लागि विदेशिनेको संख्या घटेको देखाउन स्वभाविक हो ।”
पछिल्लो समय पुनर्निर्माण तथा विकास निर्माण कार्य तीव्र हुँदा स्वदेशमै रोजगारीको अवसर सिर्जना भएको हो ।

व्यवसायी भने सरकारले फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरेदेखि नेपाली कामदार रोजगारदाता कम्पनीको रोजाईमा नपर्ने गरेको बताउँछन् । 
वैदेशिक रोजगार व्यवसायी खगेन्द्र भट्टराईका अनुसार बंगलादेश लगायत देशबाट पैसा तिरेरै कामदार रोजगारदातासम्म पुग्छन् ।

Global Ime bank

रोजगारदाता कम्पनीले अन्य देशका कामदार सित्तैमा पाउने हुनाले नेपाली कामदार प्राथमिकतामा नपरेको उनी दाबी गर्छन् ।

यसैबीच वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको माघमा संस्थागत रुपमा श्रम अन्तिम स्वीकृति लिई २८ हजार ४ सय १५ जना वैदेशिक रोजगारीका क्रममा विदेशिएका छन् । 

अघिल्लो महिनामा यो संख्या २७ हजार ९ सय २७ रहेको थियो । 
चालु आवको सात महिनासम्ममा रोजगारीको क्रममा विदेशिनेमध्ये १ लाख ८५ हजार १ सय ३६ जना पुरुष रहेका छन् भने ११ हजार ४ सय ६९ जना महिला छन् । 
यसअवधिमा विदेशिने महिलाको संख्या गतवर्षको सोही अवधिको तुलनामा २ हजारले बढी हो । माघमा विदेशिने महिला कामदारको संख्या १ हजार ६ सय १२ रहेको छ जुन पुसको तुलनामा १ सय ४८ जनाले कम हो । 

व्यक्तिगततर्फ श्रम स्वीकृति लिनेको संख्या पनि घट्यो 

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा व्यक्तिगततर्फ श्रम स्वीकृति लिनेको संख्या पनि निरन्तर घटेको देखाएको छ । 
चालु आवको पुसमा २२ हजार ४ सय ४९ जनाले व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएकोमा माघमा त्यो घटेर २१ हजार ४ सय ८० पुगेको हो । कात्तिक महिनामा सो संख्या ३१ हजारभन्दा बढी रहेकोमा मंसिरमा २४ हजार रहेको थियो । घरेलू कामदारसम्बन्धी सरकारको नयाँ श्रम नीति तथा विभागमा आएको अवरोधका कारण यसअवधिमा व्यक्तिगततर्फ श्रम स्वीकृति लिनेको संख्या घटेको हो ।

मलेसियालाई उछिन्दै कतार अगाडी

माघमा वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये सबैभन्दा बढी कतार गएका छन् । यो महिना मलेसिया जाने नेपालको संख्यामा कमी आएका कारण कतार जानेको संख्या बढेको देखिएको हो । 

गत महिनामा सबैभन्दा धेरै ९ हजार ६ सय ७७ जना नेपाली कामदार कतार गएका छन् । अघिल्लो महिना अगाडी रहेको मलेसिया यस महिना भने दास्रो स्थानमा झरेको छ । 
यस महिना मलेसिया जाने नेपाली कामदारको संख्या ८ हजार ६ सय ९८ रहेको छ । अघिल्लो महिना यो संख्या १२ हजार रहेको थियो ।

गत महिना नेपाली कामदारको प्रमुख गन्तव्यमा यूएई तेस्रो स्थानमा उक्लिएको छ । 
साउदी अरेबिया उछिन्दै यूएई तेस्रो स्थानमा रहेको हो । माघमा ४ हजार ४ सय ७८ जना रोजगारीका लागि यूएई रहेकोमा साउदी अरेबिया जाने नेपाली कामदारको संख्या ३ हजार १ सय ६० रहेको थियो ।


रेमिट्यान्स वृद्धिदर ऋणात्मक

चालु आवको छ महिना बित्दा विप्रेषण आप्रवाह वृद्धिदर नकारात्मक देखिएको छ । अघिल्ला दुई महिनाझैं यस अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव ५ प्रतिशतले ह्रास भई ३ खर्ब ४० अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह ५ दशमलव ७ प्रतिशतले बढेको थियो । 
रेमिट्यान्स घट्नुमा यस अवधिमा खुद ट्रान्सफर आय १ दशमलव ७ प्रतिशतले घटी ३ खर्ब ९३ अर्ब ३४ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ दशमलव ६ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार श्रम स्वीकृतिका आधारमा छ महिनाको अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १ दशमलव ८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९ दशमलव ९ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीको क्रमले उल्टो गति लिनुकोकारण रेमिट्यान्समा पनि प्रभाव परेको रोजगार विज्ञ गुरुङ दाबी गर्छन् । 
यद्यपि रेमिट्यान्स घट्नुको सबैभन्दा ठूलो कारण हुण्डीको उच्च प्रयोग रहेको उनको बुझाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०७४  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC