site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
नवौं ईपीएस परीक्षा जेठ अन्तिममा, गत वर्ष पास भएका जान थाले
Sarbottam CementSarbottam Cement

काठमाडौं । दक्षिण कोरीयामा रोजगारीका लागि जान नेपालमा सन् २००८ देखि गरिँदै आएको कोरीयन भाषाको नवौं चरणको परीक्षा आगामी जेठमा हुने भएको छ । परीक्षा जेठ अन्तिम सातामा हुने प्रारम्भिक जानकारी भए पनि मिति भने सार्वजनिक गरिएको छैन । 

त्यस्तै आगामी चैतको दोश्रो साता भाषा परीक्षाका लागि आवेदन फारम संकलन गरिने ईपीएस कार्यालय नेपालले जनाएको छ । जेठ अन्त्यमा सञ्चालन भएको परीक्षाको नतिजा असारको मध्यसम्ममा आइसक्ने इपिएस कार्यालयले जनाएको छ । “परीक्षा फारम चैतमा, परीक्षा जेठमा र नतिजा असारमा गरिने भएको छ । एचआरडी कोरीयाले पठाएको यो तालिकामा एक चरण हामीले छलफल गरेपछि वास्तविक मिति सार्वजनिक गर्नेर्छौं,” इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले भने । परीक्षा फारम भर्न लाइन लाग्नुपर्ने बाध्यता गत वर्षदेखि नै हटिसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आगामी वर्ष ७ हजारको कोटा 
कोरीयामा नेपाली कामदारलाई रुचाइएका कारण वर्षैपिच्छे नेपालबाट कारदारहरु लैजाने क्रम बढ्दै गएको छ । आगामी वर्ष सन् २०१९ का लागि कोरीयाको मानव संसाधन विकास संस्था एचआरडीले नेपाली कामदारको वास्तविक माग संख्या तोक्न बाँकी नै छ तर प्रारम्भिक अनुमानित संख्या ७ हजारको रहेको इपिएस शाखाले जनाएको छ ।

त्यसमध्ये उद्योगतर्फ ५ हजार र कृषितर्फ २ हजार अनुमानित माग रहेको छ । गत वर्ष १० हजार माग रहेकोमा १२ हजार परीक्षार्थीलाई उत्तिर्ण गराइएको थियो । इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले भने, “कोरीयामा नेपाली कामदारलाई प्राथमिकता दिएका कारण कोरीयामा नेपाली कामदारको संख्या अरु देशको तुलनामा बढ्दै गइरहेको छ ।” अहिले दक्षिण कोरीयामा नेपाली कामदारको संख्या ५० हजार नाघिसकेको छ ।  

Global Ime bank

कसरी निर्धारण गरिन्छ कोटा ?
दक्षिण कोरीयाले इपिएस प्रणलीमार्फत नेपालजस्तै माल्दिभ्स, बंगलादेश, पाकिस्तान, अफगानीस्तान, फिलीपिन्स, म्यान्मार, चीन, भियतनाम, श्रीलंकालगायतका १६ देशबाट कामदार लैजाने गरेको छ । यसरी कामदार छनोट गर्दा मुख्यतया सम्बन्धित देशका कामदारहरुको लगनशिलता, इमान्दारी तथा वैधानिक बसाईलाई आधार मानिने इपिएस नेपालले जनाएको छ । “हाम्रो देशका कामदारको रेकर्ड राम्रो रहेकोले पछिल्ला वर्षमा कोरीयाको प्राथमिकतामा पर्दै आएका छन् । यो माग संख्या त्यसै कारणले तलमाथि या घटबढ भइरहन्छ,” अधिकृत भण्डारीले भने । 

आठौंका २५ सयको सम्झौतापत्र आयो 
गतवर्ष उतिर्ण भएका १२ हजार १ सय ८ मध्ये कृषितर्फ ९ सय ४२ र उद्योगतर्फ १ हजार ६ सय ४३ गरी २ हजार ५ सय ८५ जनाको सम्झौतापत्र आइसकेको र बाँकीको आउने क्रम जारी रहेको पनि ईपीएस कार्यालयले जानकारी गराएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०७४  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC