site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘विप्लव’को घरमा पक्राउ पुर्जी टाँसियो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’विरुद्ध कपिलवस्तु प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । चन्दमाथि ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ओसारपसारको मुद्दाको कसुरमा भोजपुर जिल्ला अदालतले पक्राउ गर्न आदेश दिएपछि प्रहरीले पुर्जी जारी गरेको हो । विप्लवको जन्मस्थान रोल्पाको इरिवाङ भए पनि हाल उनको ठेगाना कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ मा पर्छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नेता विप्लवलाई पक्राउ गरेर जानकारी दिन प्रहरी कार्यालय चन्द्रौटालाई निर्देशन दिएको छ । चन्दको चन्द्रौटास्थित घरमा पक्राउ पूर्जी टाँसिएको छ । माघ १० गते नै विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएपनि बुधबार (आज)मात्रै घरमा पुर्जी टाँसिएको हो । नेकपाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशैभर बम विस्फोट गराएको थियो ।

नयाँ सरकार गठन भएपछि मात्रै नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली र केन्द्रीय नेता पदम राईसहित दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पूर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी नरेन्द्र कार्कीले पुष्टि गरेका छन् । यसअघि विप्लवसँगै एउटै पार्टीमा रहेका रामबहादुर थापा ‘बादल’ गृहमन्त्रीकै रुपमा प्रहरी मुख्यालय गएकै दिन विप्लवमाथि प्रक्राउ पुर्जी जारी भएको हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०७४  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC