site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
छत्तीसगढ प्रहरीको दाबी– भिडन्तमा १० माओवादी मारिए
Ghorahi CementGhorahi Cement

मुम्बई । भारतको छत्तीसगढ राज्यमा पर्ने बीजापुरमा भएको भिडन्तमा कमितमा पनि १० माओवादी कार्यकर्ता मारिएको प्रहरीले दाबी गरेको छ । छत्तीसगढ प्रहरीले भिडन्तमा मापरिएका माओवादी कार्यकर्ताहरुको संख्या अझै बढ्न सकने पनि दाबी गरेको छ । 

प्रहरीले भिडन्तमा मारिएका माओवादी कार्यकर्ताहरुमा भारी मात्रामा हतियारपनि बरामद गरिएको ठोकुवा गरेको छ । माओवादीसँगको भिडन्तमा प्रहरीको ‘ग्रेहाउण्ड’ दस्ताका एक जवानको पनि मृत्यु भएको बीबीसीले जनाएको छ । 

Agni Group

उक्त क्षेत्रका डीआईजी सुन्दरराज पी ले भने, “उसुर थाना क्षेत्रको पुजारीपारामा छत्तीसगढ र तेलंगानाको सुरक्षाबलको एक टीम माओवादी विरुद्ध अपरेशन चलाई रहेको थियो । सोही क्रममा मुठभेड भएको हो । मुठभेड पछि हामीले १० माओवादीका शव बरामद गरेका छौं ।’’

प्रहरीले भिडन्तमा मापरिएका माओवादीको पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ । मारिनेमा माओवादी संगठनका केही उपल्लो तहमा रहेका नेताहरुपनि हुन सक्ने आशंका गरिएको छ । 

Global Ime bank

प्रहरीले यो भिडन्तलाई ठूलो उपलब्धि मानेको छ । गत वर्ष एक साथ यति धेरै संख्यामा माओवादी मारिएका थिएनन् । 
https://www.bbc.com/hindi/india-43251921

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०७४  ०१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC