site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संसदमा कांग्रेसको प्रस्तुति

फागुन २१ गते साेमबारदेखि नयाँ संसद्को बैठक बस्दैछ । संसदबाट नयाँ सरकारले झण्डै दुई तिहाइ बहुमत पाउने सम्भावना बढेको छ । सरकारसँग दुई तिहाइ बहुमत हुदाँ संख्यात्मकरूपमा प्रतिपक्ष कमजोर देखिनु स्वाभाविक नै हो । तर, संसदीय पद्धतिमा प्रतिपक्षले राम्रो भूमिका खेल्यो भने त्यसलाई सरकारले उपेक्षा गर्न सक्नेछैन । संसदमा प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेसले यस्तो भूमिका खेल्न सक्ला ? 

संसदमा कम्युनिस्ट गठबन्धन एक्लैले सुविधाजनक बहुमत हासिल गरेको छ । तर, बहुमतको आकार बढाउन संघीय समाजवादी फोरमलगायतको समर्थन लिने प्रयास गरिरहेको छ । सैद्धान्तिक रूपमा सरकारलाई समर्थन गर्न सहमत भइसकेको फोरमले सरकारमा आफ्नो हैसियत बलियो बनाउन ’बार्गेनिङ’ गरिरहेकाले नै टुंगो नलागेको हो । सायद, अलि ’मालदार’ तीनवटा मन्त्रालय पाउनासाथ सबै असहमति सकिने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचनको परिणाम आएलगत्तै नयाँ सरकारसमेत नबन्दै आकस्मिकरूपमा भएको भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणपछि नेकपा (एमाले) पनि मधेस केन्द्रित दलसँगको सहकार्यमा हौसिएको हो । त्यसकारण अब संसदमा सरकारलाई दुई तिहाइको समर्थन रहने र प्रतिपक्ष संख्यात्मकरूपमा खुम्चिने निश्चित छ । यस अवस्थामा सशक्त प्रतिपक्षीको भूमिकामा आफूलाई उभ्याउने कांग्रेसको तयारी र उसको मौलिक चरित्रको प्रदर्शनले नेपालमा जिम्मेवार प्रतिपक्षको संस्कृति कस्तो हुने भन्ने उदाहरण उसले देखाउन सक्छ कि सक्दैन भन्ने प्रश्न पनि उत्पन्न भएको छ । 

संविधान सभामार्फत् नेपालको संविधान जनता आफैँले बनाउने राजनीतिक एजेन्डाअनुसारै नेपालको संविधान, ०७२ निर्माण गरिसकिएको छ । यही संविधानअनुसार मुलुकमा स्थानीय र संसदीय निर्वाचन पनि सम्पन्न भइसकेको छ । संविधानले परिकल्पना गरेझैं तीन तहका सरकार पनि निर्माण भइसकेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी दल नेपाली कांग्रेस निर्वाचनपछि प्रतिपक्षको भूमिकामा पुगेको छ । नेपालको संसदीय इतिहासमा प्रतिपक्षको भूमिका कस्तो हुने भन्ने राम्रो दृष्टान्त अहिलेसम्म प्रदर्शित हुन नसकेको तीतो अनुभव हामीसँग छ । रचनात्मक प्रतिपक्ष भनेको के हो भन्ने परिभाषित हुन सकेको छैन । संसदीय पद्धतिको मर्म बुझ्ने हो भने जनताका दैनिक जीवन र राष्ट्रको दीर्घकालीन हित हुने बाटोमा हिँड्न प्रेरित गर्ने सामथ्र्य प्रतिपक्षी दलले राख्न सक्छ । नेपाली कांग्रेस अब यो बाटोमा हिँडेर देशमा जनताले प्रतिपक्षमा बस्न दिएको जनादेशलाई कसरी सदुपयोग गर्नुपर्छ भन्ने नवीन संस्कृति स्थापित गर्ने अवसर पाएको छ र यसका लागि उसको तयारी पनि देखिएको छ ।  

Global Ime bank

कांग्रेसले संसदीय परम्पराअनुसार छाया सरकारको अभ्यास गर्ने निर्णय गरेको छ । यो उसको तयारीको संकेत हो । कांग्रेस कम्युनिस्ट गठबन्धनलाई तोडेर सत्ता हत्याउने खेलमा अलमलिन्छ कि भन्ने आशंकाका साथ पनि केहीले कांग्रेसलाई हेरिरहेका थिए । छाया सरकारको भूमिका खेल्दैमा सत्तामा जाने संभावना समाप्त हुने त होइन तर सिद्धान्तः कांग्रेसले जनमत स्वीकार्दै आफूलाई प्रतिपक्षमा राख्ने रणनीति लियो भन्ने बुझ्न यो निर्णय काफी छ । 

प्रभावकारी प्रतिपक्ष भयो भने सरकार अनुत्तरदायी, गैरजिम्मेवार, अराजक र अधिनायकवादी हुनसक्तैन । सरकारका हरेक निकायले गर्ने निर्णय र कार्यान्वयनको अभ्यासलाई मिहिन ढंगले हेर्न निश्चित व्यक्तिलाई जिम्मा दिने र त्यसै आधारमा सरकारको गुण, दोष र नियतको विश्लेषण गरेर प्रस्तुत हुने संरचना प्रतिपक्षले निर्माण गर्नुपर्छ । यही संयन्त्रलाई लोकतान्त्रिक संसदीय पद्धतिमा ‘छाँया सरकार’ भन्ने गरिन्छ । छाँया सरकारको प्रभावकारी प्रस्तुतिले सरकारलाई सच्याउने तागत राख्छ र जनतालाई साक्षी राखेर गलत काम नगर्न संसद्बाटै खबरदारी गर्न सकिन्छ । संसदीय पद्धतिको एउटा विशेषतै यो हो । 

कांग्रेस नेपालको सन्दर्भमा संसदीय लोकतन्त्रको पर्याय नै हो । यस पद्धतिलाई बलियो र प्रभावकारी बनाउन तथा लोकतन्त्रको फल जनताले महसुस गर्ने गरी प्राप्त गर्ने वातावरण बनाउन पनि कांग्रेसले नै भूमिका खेल्नुपर्छ । इतिहासले देखाइदिइसकेको छ कांग्रेसले स्थापित गरिदिएको संस्कृति नै देशको मूलधार बन्दोरहेछ । अब प्रतिपक्षीय संस्कृति पनि कांग्रेसले स्थापित गरिदिने अवस्था आएको छ । यो भूमिका निर्वाह गरिरहँदा उसलाई जनतासंगको लगातारको अन्तरक्रियाका लागि अवसर मिल्नेछ । जनताका गुनासा र चाहना बुझ्न् आधिकारिक शक्ति प्रतिपक्ष नै हुन्छ ।

जनताको गुनासा र आवश्यकता बुझ्नेले मात्रै जनपक्षीय निर्णय गर्नसक्छ । जनतासँगको लगातारको अन्तरक्रियाबाट प्राप्त सुझाव, गुनासा र चाहनामा आधारित भएर तयार पारिएको खाकासाथ प्रतिपक्ष संसद्मा जान्छ र त्यसको कार्यान्वयनका लागि सरकारलाई आग्रह गर्छ । यसरी सही ढंगले प्रतिपक्षीय भूमिका निर्वाह गर्दै गर्दा जनताका एजेन्डा बोकेर संसद्मा जाने र सरकारलाई ती आफ्ना एजेन्डा कार्यान्वयन गर्ने संयन्त्रका रूपमा सीमित गरिदिने सामथ्र्य छाया सरकारले राख्छ । तर, त्यसका लागि कम्तीमा पाँच वर्षसम्मको धैर्य, जनतासँगको निरन्तर संवाद, प्रभावकारी प्रस्तुति, मूल्यमा आधारित राजनीतिक जगमा उभिएर उच्च साहस गर्नसक्ने नेतृत्व क्षमता अनिवार्य सर्त हुन् । अझै पनि विश्वास गर्न सकिन्छ कि, कांग्रेसले यी सर्तहरू पूरा गर्नसक्छ । यो बाटो रोजेर कांग्रेस हिँड्यो भने नेपालमा प्रतिपक्षको भूमिका कस्तो हुनुपर्छ भन्ने स्थापित पनि हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०७४  ११:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC