काठमाडौं । चलचित्र विकास बोर्डले पूराना नेपाली चलचित्रको संरक्षण गर्ने भएको छ । यसका लागि बोर्डले पुराना चलचित्रको डिजिटाइजेशन तथा ‘रि–स्टोर’ गर्ने भएको छ । (डिजिटाइजेशन भनेको पूराना रिल प्रविधिबाट बनेका चलचित्रलाई नयाँ डिजिटल प्रविधिमा रूपान्तर गरी संरक्षण गर्ने विधि हो ।)
बोर्डले ‘आमा’ सहित १२ वटा चलचित्रलाई पहिलो चरणमा डिजिटाइजेशन गर्न लागेको चलचित्र वनेर्डकी अध्यक्ष मिकिता पौडेलेले बताइन् । पूराना चलचित्रलाई डिजिटाइजेसनको प्रक्रियामा लैजान विकास वोर्डले यसअघि नै एउटा समिति बनाएको थियो ।
यो प्रविधिबनट पुराना चलचित्रलाई आधुनिक प्रविधिमार्फत हेर्न सकिनेछ । डिजिटाइजेशन भएपछि सबै १६ एमएम र ३५ एमएमका चलचित्रहरु अब २ के. र ४ के. मा ल्याउन सकिन्छ ।