site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
बौद्धिक स्रष्टा राईप्रति श्रद्धासुमन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नेपाली साहित्यलाई विश्व साहित्यको हारमा उभ्याउने श्रेय पाउने थोरै प्रतिभामध्येका अग्रणी इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा देहावसान भएको छ । भारतको दार्जिलिङमा सन् १९२८ मा जन्मेका राई नेपाली साहित्यका प्रयोगवादी स्रष्टहरूमा पनि अग्रपंक्तिका मानिन्छन् । नेपालमा दार्जिलिङ भन्नेबित्तिकै स्मरण गरिने राई केही समयदेखि सिकिस्त बिरामी थिए । उनको घरैमा निधन भएको हो । धेरैले आईबी सर वा आईबी दाजुका रूपमा सम्बोधन गर्ने राई लामो समयसम्म राजनीति र प्राध्यापनमा सक्रिय थिए । यसैगरी उनलाई दार्जिलिङका बुद्धिजीवीमा पनि सबैभन्दा प्रखर मानिन्थ्यो । तर, उनकोे विशिष्ठ प्रतिभा र व्यक्तित्व भने नेपाली साहित्यमै उजागर भएको छ । 

नेपाली साहित्य र संगीतका क्षेत्रमा दार्जिलिङको विशिष्ठ योगदान छ । त्यसो त नेपालको न्याय प्रणालीलाई आधुनिक रूप दिन पनि दार्जिलिङकै योगदान रहेको छ । नेपाली समाजमा लामो समयसम्म दार्जिलिङ आधुनिकताको स्रोत र प्रेरणा रहिआएको थियो । नेपाली भाषा र साहित्यमा सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला तथा पारसमणि प्रधान आधुनिक युगका जनक मानिन्छन् भने इन्द्रबहादुर राई, ईश्वर बल्लभ र बैरागी काइँलाले नेपाली भाषा विश्वको कुनै पनि प्रयोग र दर्शन अभिव्यक्त गर्न सक्षम रहेको पुष्टि गरे । तेस्रो आयाम वा लीला लेखन राईको यही मान्यताको प्रयोग हो । संयोग, सुधपाका तीन हस्तीमध्ये ज्ञवाली र कोइराला नेपाल आए भने प्रधान दार्जिलिङमै बसे । तेस्रो आयामका तीन त्रिमूर्तिमध्ये पनि इश्वर बल्लभ र बैरागी काइँला नेपाल आए भने राईले दार्जिलिङलाई नै कर्मभूमि बनाए । 

राईका नेपाली कथा, उपन्यास र समाचोलनामा उनको बौद्धिक प्रखरता प्रकट भएको छ । उनले विषय र प्रस्तुतिमा मात्र हैन भाषाको प्रयोगमा समेत अलग्गै छाप छाडेका छन् ।  विश्वसाहित्य विशेषगरी अंग्रेजी साहित्यमा उनको विद्वताले नेपाली साहित्यको श्री वृद्धि गरेको छ । नेपाली साहित्यमा उनले गरेको योगदान हेर्दा दार्जिलिङमात्र हैन सिंगो नेपालमा सायद राईकै तुलनाको बौद्धिक, विद्वान् र सिर्जनशील स्रष्टा तथा द्रष्टा अर्को देखिँदैन । अर्थात् नेपाली साहित्यमा इनद्रबहादुर राईको तुलना इन्द्रबहादुर राईबाहेक अरूसँग हुनसक्तैन । यसैले यो नेपाली समाजका लागि ठूलो शोकको घडी हो । ’प्रतिभाको लक्षण यही हो कि उसले युगदेखि दिनुभन्दा बढ्ता युगलाई दिएर जान्छ’ समालोचकका रूपमा इन्द्रबहादुर राईले लेखेका थिए । उनको यही कथनलाई पुष्टि गर्दै राईले आफूलाई महान् प्रतिभा सिद्ध गरेका छन् । नेपाली समाजले इन्द्रबहादुर राईलाई पराइ ठान्नु कृतघ्नता हुन्छ । उनलाई उनैले आर्जेको सम्मान नेपाली समाजले दिनसक्नु र जान्नुपर्छ । 
नेपाली साहित्यका अप्रतीभ नक्षत्र इन्द्रबहादुर राईप्रति हार्दिक श्रद्धा सुमन ! 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २३, २०७४  १०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC