site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली ठगिने क्रम बढेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । विदेशिने कति नेपाली ठगिन्छन् भन्ने यकिन तथ्यांक कसैसँग नभए पनि वैदेशिक रोजगार विभागको मासिक तथ्यांकले करोडौंको ठगि हुने गरेको देखाएको छ ।

चालु आर्थिक वर्षको माघसम्म बैदेशिक रोजगारीमा जानेबाट करिब ५८ करोड रुपैयाँको ठगी हुनुले रोजगारीमा जाने दिनहुँ लाखौं रुपैयाँ ठगिने गरेको देखाउँछ । यसअवधिमा व्यक्तिगत र संस्थागत रुपमा १ हजार २१४ वटा ठगी तथा आर्थिक नोक्सानीको उजुरी विभागमा परेका छन् । यसरी उजुरीबाट ५७ करोड ७४ लाख ३९ हजार ९४३ रुपैयाँको बिगो रकम दाबी गरिएको छ ।

चालु आवको माघमा मात्र १३८ वटा उजुरी विभागमा परेका छन् । त्यसबाट ११ करोड ५९ लाख ४१ हजार रुपैयाँको ठगी भएको दाबी गरिएको छ । अघिल्लो महिना १६१ वटा उजुरी विभागमा परेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली कामदारलाई विदेश पठाउन लाइसेन्स होल्डर वैदेशिक रोजगार कम्पनी, एजेन्ट, कन्सल्टेन्सिलगायत अन्य विभिन्न व्यक्तिगत माध्यमबाट ठगी हुने गरेको विभागले जनाएको छ ।

यद्यपि वैदेशिक रोजगारीमा ठगिने सबै उजुरी गर्न नजाने कारण विभागको तथ्यांकभन्दा ठूलो परिमाणको ठगी हुने गरेको रोजगार विज्ञ डा. गणेशमान गुरुङ बताउँछन् । उनको अनुसार बाहिरै मेलमिलाप नभएको अवस्थामा मात्र विभागमा उजुरी गर्ने परम्परा छ । बाह्रखरीसँग कुरा गर्दै उनले भने, “बाहिर घम्सामम्सी परेर समस्या समाधान हुन नसकेको अवस्थामा मात्र पीडितले विभाग गुहार्ने गरेका छन् । यस्तो अवस्थामा पनि विभागले आफ्नो मागको सुनुवाई गर्छ भन्ने जानकारी नहुनेको संख्या पनि उस्तै धेरै छ ।”

Global Ime bank

विभागको तथ्यांकमा देखिएको ५८ करोड रुपैयाँ पनि सबै वैदेशिक रोजगारीका क्रममा ठगिने नभएको उनको बुझाइ छ । उनका अनुसार रोजगारीको क्रममा तिर्ने पैसा ठग्ने, हुण्डीलगाएत अवैधानिक रकम प्राप्तिलगायत विषयमा हुने रकम हिनामिनाका घटनामा पनि रोजगारीका क्रममा ठगी भएको कागज बनाएर विगोको लागि उजुरी गर्ने गरिन्छ ।

विभागका अनुसार यस अवधिमा परेका व्यक्तिगत उजुरी ६२८ र संस्थागत उजुरीको संख्या ५८५ रहेको छ । व्यक्तिगत र संस्थागत उजुरीको संख्या उस्तै देखिए पनि दाबी रकम हेर्दा व्यक्तिगत तर्फको ठगी डरलाग्दो देखिएको विभागले जनाएको छ ।

विभागका अनुसार संस्थागत ठगीको तुलनामा व्यक्तिगत रुपमा हुने ठगी ३ गुणाभन्दा बढी छ । यसरी उजुरीबाट संस्थागत रुपमा १५ करोड ५५ लाख ५३ हजार रुपियाँको ठगी भएको उजुरी परेकोमा व्यक्तिगततर्फ हुने ठगीमा ४२ करोड ३८ लाख ८६ हजार रुपैयाँको बिगो रकम दाबी गरिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार संस्थागत उजुरी भन्नाले लाइसेन्स होल्डर वैदेशिक रोजगार कम्पनीबाट हुने कमजोरीका कारण तथा कामदारमा पर्न जाने असुविधा र आर्थिक नोक्सानीको विरुद्ध रहेका छन् । त्यस्तै व्यक्तिगततर्फका उजुरीमा विदेश पठाइदिन्छु भन्दै लाखौं रकम असुल्ने तथा ठग्नेको विरुद्ध हालिएका हुन् ।

विभागमा दर्ता भएका उजुरीमध्ये ७४२ उजुरीको फरफारक भएको छ । छिनोफानो हुनेमा व्यक्तिगततर्फ १२३ र संस्थागततर्फ ६१९ उजुरी रहेका छन् । उजुरीकर्ताले गरेको उजुरीउपर विभागले हालसम्म अदालतमा १४३ वटा मुद्दा दायर गरेको छ । सबै मुद्दा व्यक्तिगततर्फ गरिएका ठगीको उजुरी हुन् । ती मुद्दामार्फत् अदालतको बिगो दाबी १८ करोड ३७ लाख रुपैयाँभन्दा बढी रहेको छ । त्यस्तै संस्थागततर्फ आर्थिक नोक्सानीको मुद्दाबाट २३ लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय विभागले गरेको छ ।

यता वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारी भने विभाग पीडितले दाबी गरेको रकम फिर्ता दिलाउने कोशिस गरिरहेको बताउँन् । उनले भने, “हालसम्म विभागले १३ करोड ६६ रुपैयाँभन्दा बढीको बिगो रकम फिर्ता गरिसकेको छ भने २३ लाख रुपैयाँ जरिवानाको निर्णय विभागबाट भएको छ ।” यसअर्थमा दाबी गरिएको बिगोअनुसार रकम फिर्ता गर्न नसकिए प्रयास जारी रहेको उनको दाबी छ । उनले भने– “प्रमाण पुगेको खण्डमा विभागले क्षतिपुर्ति दिलाउने प्रयास गर्छ । हाम्रो अधिकारभन्दा बाहिर रहेका मुद्दा अदालतमा पठाउने गरेका छौं ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०७४  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC