site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एक मौन विद्रोह
Sarbottam CementSarbottam Cement

– कुमारशर्मा


तपाईंएउटाफिल्महेर्नुहुन्छ ।पहिलोचोटिहेर्दातपाईंलाईफिल्ममनपर्छ ।केहीदिनत्यहीफिल्मत्यसकापात्रहरूलाई सम्झिनुहुन्छ ।दिनबित्दैजान्छन् ।बितेकोसमयसँगैउक्तफिल्मकोसम्झनापनिधमिलोहुँदैजान्छअनिक्रमश: मानसपटलबाटहराउँदैजान्छ ।वर्षबित्छन् ।एकदिनअनायासैत्यसफिल्मकोयादआउँछ ।इन्टरनेटमासजिलैभेटिन्छ, तपाईंकोखुशीलेसीमानाघ्छ ।पहिलोचोटिहेर्दाकोभन्दाबढीउत्साहका साथफिल्महेर्नुहुन्छ ।तर,यसपटकहेरिसकेपछिउक्तफिल्मतपाईंलेबिर्सनुहुन्न । अझभनौं-बिर्सनसक्नु हुन्न ।त्यो फिल्मतपाईंकोअन्तरमनमागडिरहन्छ ।पात्रहरूसँगतपाईंकोसंवादनिरन्तरचलिरहन्छ ।कालान्तरमात्यहीफिल्मतपाईंकोनिरन्तरप्रेरणाकोस्रोतभइदिन्छ । फिल्म केवलफिल्ममात्रनभएरएउटाअभिन्नअंगजस्तोभइदिन्छ ।

तपाईंसँग उक्त फिल्म मन पर्ने हजार कारण छन् र पनि तपाईं कुनै एउटै कारण किटान गरेर यही हो भन्न सक्नु हुन्न । आफूलाई असाध्यै मन परेको मान्छेको कुनै एउटा गुण ठ्याक्कै भन्न असमर्थ भए जस्तो ।

Prabhu Bank
Agni Group
NIC Asia

सामान्यतया कुनै पनि व्यावसायिक फिल्मको प्राथमिक उद्देश्य भनेको आर्थिक लाभ हासिल गर्नु नै हुन्छ । त्यसमा कसैको पनि दुईमत नहोला । तर, के एउटा व्यावसायिक फिल्मको उद्देश्य त्यतिसम्म मात्र सीमित हुन्छ ? या त्यहाँबाट सुरु हुन्छ ?

फिल्म निर्माणकर्ताहरुको प्राथमिक उद्देश्य आर्थिक लाभ भएजस्तै आम दर्शकहरुको कुनै एउटा फिल्मबाट हुने पहिलो अपेक्षा शायद मनोरञ्जन नै हुन्छ । तर, के दर्शकहरुको अपेक्षा मनोरञ्जनसम्म मात्रै सीमित हुन्छ ? या त्यहाँबाट सुरु हुन्छ ?

Global Ime bank

अब अलिकति पृष्ठभूमिको कुरा गरौँ ।

बलिउडका एक निर्देशकले एउटा कथा लेख्छन् । उनी त्यसमा फिल्म बनाउन चाहन्छन् । उनलाई अहिले सहनिर्देशक मात्र भनौं किनभने उनले आफैंले फिल्म बनाइसकेका छैनन् । अरु निर्देशकलाई थुप्रै फिल्ममा मद्दत गरेका छन्, सहनिर्देशकको रूपमा । त्यो कथा उनले एक निर्माता/निर्देशकलाई देखाउँछन् ।

ती निर्माता/निर्देशक उनको कथा (स्क्रिप्ट) पढेर चकित पर्छन्- किनकी उनलाई लाग्छ त्यो कथा त स्वयम् उ आफैसंग पो मिल्छ । ति निर्माता/निर्देशकलाई लाग्छ- यो कथा त मैले पो लेख्नु पर्थ्यो ! आफ्नो मनोभाव अरु कसैले बताइदिए जस्तो लाग्छ उनलाई । आफ्नो मनपर्ने गीत अरु कसैले गुन्गुनाइदिए जस्तो !

अन्तत: दुईबीच कुरा मिल्छ । ती निर्माता/निर्देशकको लगानीमा तिनै सहनिर्देशकले फिल्म बनाउने हुन्छन् । उनले बनाउने पहिलो फिल्म । फिल्मको सुटिङ ४२ दिनमै सकिन्छ । हलिउड निर्देशक क्लिन्ट इस्टउडले 'मिलियन डलर बेबी'को सुटिंग ३७ दिनमा सकेजस्तै । सो फार, सो गुड !

त्यो वर्षको 'कान्स फिल्म महोत्सव'मा उक्त फिल्म छनोट हुन्छ । विदेशतिरबाट राम्रो 'रेस्पोन्स' पनि आउँछ । लगत्तै भारतमा पनि रिलिज हुन्छ । सुरुवाती दिनतिर बक्स अफिसमा फिल्म सफल मानिँदैन । तर, जसै समय बित्दै जान्छ, उक्त फिल्मलाई भारतीय सिनेमाको 'कल्ट क्लासिक'को रूपमा लिन थालिन्छ । ती सहनिर्देशकको गणना अब्बल दर्जाका निर्देशकहरुसित हुन्छ । अनि बाँकी सबै इतिहास ।

फिल्म सन् २०१० मा रिलिज भए पनि मैले हेर्ने अवसर भने तीन वर्षपछि सन् २०१३ मा मात्र पाएँ । त्यो बेला फिल्म रिलिज भएको थाहै भएन । यो फिल्म नै त्यस्तै थियो । सानो बजेटको, नव निर्देशकको फिल्म । कतिखेर आयो, कतिखेर गयो- थाहै नहुने । नेपालका फिल्म हलहरुमा यस्ता प्रकृतिका फिल्महरुको मुख पनि देख्न पाइँदैन । 'दबंग' अनि 'चेन्नई एक्सप्रेस'हरुको चपेटामा कैयौं निम्छराहरुको उडान भारतमै हुन पाउँदैन !

बाबु-छोराको सम्बन्धको कथा फिल्मले केलाउन खोज्नु कुनै नयाँ कुरा भने थिएन । चाहे त्यो भारतीय फिल्ममेकर रमेश सिप्पी (जो 'शोले'का लागि प्रसिद्ध छन्) को सन् १९८२ को फिल्म 'शक्ति' होस् या आइरिस निर्देशक जिम सेरिडनको 'इन द नेम अफ द फादर' होस्– बाबु-छोराबीचको अक्सर अप्ठ्यारो सम्बन्धको कथा हामीले ठूलो पर्दामा हेर्दै आएका हौँ । कथावस्तु उस्तै भए पनि मैले अहिले उल्लेख गरिरहेको फिल्म भने अलि बेग्लै तप्काको थियो । 'मेड फ्रम अ डिफरेन्ट मटेरियल' भने जस्तो !

एक आक्रामक, तानाशाही अनि हिंसाप्रेमी बाबु, जसको जिन्दगी यति तिक्तताले भरिएको छ कि ऊ फिल्म अवधिभरि हाँसेको नै देखिदैन र उसको १७ वर्षीय 'टिन एज' छोराबीचको एउटा असजिलो अनि अप्ठ्यारो सम्बन्धको कथा । सिम्लाको एउटा हाईस्कुलबाट १७ वर्षको रोहन निष्कासित हुन्छ, जब होस्टेलको वार्डेनले ऊलगायत उसका साथीहरुलाई क्याम्पसबाहिर वयश्क फिल्म हेर्दै गर्दा रंगेहात पक्रिन्छन् । रोहन जम्शेदपुर फर्किंदा घरमा उसको बाबुमात्र हुँदैन । ६ वर्षको अर्को बच्चा पनि हुन्छ । उसको भाइ । नयाँ भाइ । अझ भनौं- आधा भाई, जसको बारेमा उसलाई थाहा पनि हुँदैन । वा, भनौं थाहा दिन आवश्यक ठानिएको हुँदैन । अनि सुरु हुन्छ एउटा संघर्षको कथा । एउटा मौन विद्रोहको कथा ।

भनिन्छ नि- मान्छेका ओंठले भन्दा बढी उसका आँखाले अभिव्यक्त गर्छन् । रोहनलाई हेर्दा त्यस्तै लाग्छ । उसको अभिनयभन्दा पनि बढी म उसका आँखा नियाल्छु । उसको शरीरको हाउभाउ अनि उसको मुखबाट निस्किने संवादभन्दा बढी उसका आँखा बोल्छन् । आफ्नो पिताको अगाडि रोहनको आँखामा रिस, क्रोध अनि डर एकैपटक झल्किन्छ । जब ऊ आफ्नो भाइसँग हुन्छ, ती आँखामा ममता अनि स्नेह देखिन्छ । आफ्नो साथीलाई कविता सुनाइरहँदा उसका आँखाले सपनाको कुरा गर्छन् । ती नयनमा एउटा आशाको दियो बल्छ । फिल्मको अन्त्यमा आफ्नो भाइको हात समाउँदै जब ऊ घरबाट निस्किन्छ, उसका दुई आँखाले राहतको सास फेर्छन् । वर्तमानको धरातलमा उभिए पनि उसका दुई आँखामा भविष्य झल्किन्छ ।

 

योफिल्मकोकथारोहनबाटसुरुहुन्छउसैबाटअन्त्यहुन्छ ।उसकोसंघर्षअनिसपनाकोवरिपरिकथाबुनिएकोछ ।तर,अभिनयकोहिसाबलेखलपात्रभएरपनिअसलीनायकभनेरोहनकापिताहुन्,जसकोभूमिकामाछन्रोनितरोय ।बलिउडमाखासैनामनसुनेपनिरोनितभारतीयटेलिभिजनमाएउटास्थापितनामहो

एकतानाशाहीएवंरिसाहापिताकोभूमिकामारोनितयसरीजमेकाछन्,जसरीपानीलेवस्तुअनुसारकोआकारलिन्छ ।रोहनयोफिल्मकोमुटुहोभनेरोनितलेनिर्वाहगरेकोपात्रभैरवसिंहफिल्मकोधड्कनहो

कहिलेकाहीँ यसै सोच्छु- किन यो फिल्मले मलाई यति धेरै प्रभाव पाऱ्यो ?

आफैसँग प्रश्न गर्छु- किन यो फिल्मसँग यति धेरै 'रिलेट' गर्न सकें ?

शायद यस्ता प्रश्नको कुनै एउटा निश्चित 'सही' उत्तर हुँदैन । फिल्मको कथा र पात्रहरुको अभिनयलाई एकछिन छेउमा राख्ने हो भने मसँग माथिका दुई प्रश्नको शायद उत्तर पनि छैन । र, पनि यो फिल्मको बारेमा पट्यार नमानी घन्टौं कुरा गर्न भने सक्छु । यस्तो लाग्छ कि यो फिल्मसँग मेरो विशेष लगाव छ, खासगरी रोहनसँग । यस्तो लाग्छ- म उसलाई वर्षौंदेखि चिन्छु, उसको हरेक हाँसो अनि आँशुसँग, उसका हरेक सपनासँग परिचित छु । उसको हरेक पाइला-पाइलामा मेरा नजर छन् । सन् २०११ को 'शैतान' नाम गरेको फिल्ममा छोटो भूमिकामा बाहेक रोहन यानिकी रजत बर्मेचा ठूलो पर्दामा देखिएका छैनन् । सुनिँदैछ- निर्देशक इम्तियाज अलीले यिनै रजतलाई आफ्नो नयाँ फिल्ममा 'कास्ट' गर्दैछन् । फिल्म यसै वर्ष रिलिज हुने सम्भावना छ । उनका आँखा पढ्न मेरा नयन सधैं पर्खिरहेका हुनेछन् ।

फिल्म रिलिज भएको करिब ९ वर्ष भइसकेको छ, मैले हेरेको नै लगभग ६ वर्ष । योबीचमा कुनै एकदिन पनि त्यस्तो छैन, जुन दिन मैले यो फिल्मको बारेमा नसोचेको हुँ । युट्युबमा गएर यसका गीत टाइप नगरेको हुँ । यो फिल्मका गीत मात्रै सुन्दा पनि फिल्मको तस्बिर सामुन्ने आउँछ । फिल्मको कथालाई गीतले 'कम्प्लिमेन्ट' गरेको योभन्दा सुन्दर उदाहरण शायद अर्को नहोला । अनुहारमा अलिअलि डर अनि अलिअलि आशा लिएर कुनै १६-१७ वर्षको किशोर ठिटो झोला बोकेर बाटोमा कतै हिंडेको देखियो भने रोहनलाई सम्झिन्छु । यतिका वर्षका बाबजुद यो फिल्मसँगको मेरो 'लभ अफेयर' अझै पनि जारी छ । पूरा दुनियासँग लुकाएर राखिएको कुनै गोप्य सम्बन्ध जस्तो, एउटा 'सिक्रेट लभर' जस्तो ।

यो फिल्मको बारेमा धेरै बोलिसकें, शायद अहिलेसम्म तपाईंहरुले कुन फिल्म हो भनेर पत्ता लगाइसक्नुभयो होला । नाम बताइरहनु आवश्यक छैन । यदि पत्ता लगाउनुभएको छैन भने अलिकति इन्टरनेटमा रिसर्च गर्नुहोस् । यति ढुक्कका भन्न सक्छु कि तपाईंको रिसर्च खेर जाने छैन ।

जाँदाजाँदै यति भन्न चाहन्छु कि ती सहनिर्देशक विक्रमादित्य मोटवाने थिए भने ती निर्माता/निर्देशक थिए- अनुराग कश्यप ।

कुनै-कुनैसिनेमाकोहकमाफिल्मकोअन्त्यमापर्दामालेखिएकोएन्डसँगैफिल्मसमाप्तहुँदोरहेनछ ।यसैफिल्मकोएउटागीतलेभनेजस्तै:

कहानीखत्महै, यासुरुवातहोनेकोहै

सुबहनयीहैये, याफिररातहोनेकोहै

आनेवालावक्तदेगापनाहें

याफिरसेमिलेंगेदोराहें

खबरक्या, क्यापता...

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०७४  ०८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC