site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । गीतकार गंगाराज मुकारुङ र जीवन मुकारुङका गीतहरुको श्रव्यदृष्य एल्बम सार्वजनिक गरिएको छ । 

महासेनानी पनि रहेका गीतकार गंगाराजको ‘पिखुवा खोला बगेझैँ’ बोलको गीत र जीवनको ‘चियाबारीको पातैपात’ एल्बममा समेटिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गंगाराजको गीतमा भोजपुरका राई जातिको संस्कृति, पिखुवा खोलाको बाइस जंँघार तरेर चतरा आइपुग्नुपर्ने विगतको बाध्यता, अरुण नदीको परिवेश आदि तथा जीवनका गीतमा इलामेली परिवेश, चियाबारी, माईपोखरी आदि विषय छन् । 

ती गीतमा संगीतकार वसन्त मुकारुङले संगीत दिएको छ भने अशोक मुकारुङ र मुस्कान मुकारुङको स्वर छ । एल्बमा विज्ञान राई र जीवन मुकारुङले निर्देशन गरेका छन् ।  

Global Ime bank

गीतकार संघ नेपालको आयोजनामा भएको कार्यक्रममा साहित्यकार नवराज लम्सालले ‘इलामे शहर चियाबारी राम्रो’ बोलको गीतबाट परिचित गीतकार गंगाराजले नयाँ गीतमा भोजपुरको संस्कृति र मानवीय संवेदनालाई प्रस्तुत गर्न सफल भएको बताए ।  

संगीतकार आभाषले ती गीत ‘स्वान्त सुखायःका’ रुपमा आएका तर बजारबाट निर्देशित नभएको बताए ।  गीतकार मञ्चका अध्यक्ष चूडामणि देवकोटाले ती गीतमा माटो र संस्कृति सबै मिलेको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०७४  १०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC