site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेटमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालले ब्याटिङ रोजेसँगै अफगानिस्तानले बलिङको निम्तो पाएको हो ।

बुलावायोस्थित एथ्लेटिक्स क्लबको खेल मैदानमा नेपाल र अफगानिस्तानबीचको खेल हुन लागेको हो । सुपर सिक्समा पुग्नका लागि पनि आजको खेल जित्नै पर्ने दबाब छ । अफगानिस्तानलाई पनि आजको खेल जित्नै पर्ने दबाब छ ।

Prabhu Bank
Agni Group
NIC Asia

समूह बी मा रहेको नेपाल दुई खेलमा पराजित भैसकेको छ । पहिलो खेलमा आयोजक जिम्बावेसँग ११६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको थियो । 

आज दुई जना खेलाडी परिवर्तन भएका छन् । सरद भेषवाकर र दिलिपनाथको स्थानमा करण केसी र अनिलकुमार शाहलाई खेलाइएको छ । 

Global Ime bank

यता अफगानिस्तानभने पहिलो खेलमा स्कटल्याण्डसँग ७ विकेटले र दोस्रो खेलमा घरेलु टोली जिम्बावेसँग २ रनले पराजित भएको थियो । त्यस्तै, तेस्रो खेलमा हङकङसँग ३० रनले पराजित भएको अफगानिस्तान आजको खेलमा पराजित भए सुपरसिक्समा पुग्ने अवसर गुमाउनेछ ।

समूह बी बाट स्कटल्याण्ड ३ खेलमा शतप्रतिशत जित हात पार्दै सुपर सिक्समा पुगिसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०७४  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC