site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आयो भुइँखाट
Sarbottam CementSarbottam Cement

काठमाडौं । मदन पुरस्कार विजेता लेखक महेशविक्रम शाहको सातौं कथासङ्ग्रह ‘भुइँखाट’ सार्वजनिक भएको छ ।

उक्त कृतिलाई कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. अभि सुवेदी र पुस्तकका टिप्पणीकार लेखकद्वय नारायण ढकाल र नयनराज पाण्डेले संयुक्तरुपमा सार्वजनिक गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

‘सटाहा’, ‘अफ्रिकन अमिगो’, ‘छापामारको छोरा’, ‘काठमाडौंमा कमरेड’, ‘सिपाहीकी स्वास्नी’ र ‘ज्याक्सन हाइट’ शाहका पूर्वप्रकाशित कथासङ्ग्रहरु हुन् । 

पुस्तकमाथि टिप्पणी गर्दै नारायण ढकालले भने, “शाहको पहिलो कृति “सटाहा”मा वर्णन गरिएको थारु समुदायको मूल्य, मान्यता र संस्कृतिले म अविभूत भएको थिएँ ।

Global Ime bank

त्यसरी अविभूत हुने क्रमले “भुइँखाट”सम्म आइपुग्दा पनि निरन्तरता पाएको छ ।”

अर्का टिप्पणीकार नयनराज पाण्डेले भने, “लेखकका कथाहरुमा परिवेश, विषयगत विविधता पाइन्छ । उनले मधेश, हिमाल, पहाडदेखि पश्चात्य जगतका  कथा र पात्रहरु संग्रहमा ल्याएका छन् ।”

पुस्तकबारे बोल्दै लेखक शाहले भने, ‘मेरी श्रीमतीले सधैं भन्छिन्, “तपाईंलाई पुलिसहरुले साहित्यकारका रुपमा चिन्छन्, साहित्यकारहरुले पुलिसको रुपमा । तर म आत्मादेखि नै साहित्यकार हुँ । त्यसको जवाफ मेरा कृतिहरु हो जस्तो लाग्छ मलाई ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०७४  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC