site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
पत्नीका साथ बाराक ओबामा आफ्नै कार्यक्रम लिएर आउने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र पत्नी मिसेलले अहिले युट्युब जस्तै अर्को चर्चित साइट नेट्फ्लिक्समा आफ्नै नयाँ कार्यक्रम निर्माण गर्न वार्ता गरिरहेको न्युयोर्क टाइम्सले जानकारी दिएको छ । 

उक्त साइटमा एक्सक्लुसिभ सामग्रीसहित ओबामा र पत्नी मिसेलले विभिन्न रोचक कथाहरु प्रस्तुत गर्ने योजना सार्वजनिक गरिएको छ । 

यस कार्यक्रमले ओबामा र उनकी पत्नीलाई विश्वव्यापी मञ्च प्रदान गर्ने भएकाले झन धेरै मानिसहरुमाझ उनीहरुको आवाज पुग्न सक्ने बताइएको छ । नेट्फ्लीक्सले भने बीबीसीसँग यसबारे अहिले थप कुनै जानकारी दिन नमिल्ने बताएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ओबामा पहिलेदेखि नै मानिसहरुलाई प्रेरणा दिने किसिमका कथा भन्नमा प्रख्यात मानिन्छन् । त्यसैले पनि उक्त योजना धेरै प्रभावकारी हुन सक्ने उनका उच्च सल्लाहकार एरिकले बताए । 

न्युकयोर्क टाइम्सले खबरमा जनाएअनुसार ओबामाले उनको कार्यकालभरि केन्द्रबिन्दुमा रहेका स्वास्थ्य, वातावरण र आप्रवासी जस्ता संवेदनशील विषयमा बहस गर्न सक्नेछन् । 

Global Ime bank

तर यस्ता कार्यक्रमले अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पको विचारधारामाथि प्रहार गर्ने खतरा पनि उत्तिकै रहको हुँदा कम्पनीले स्वीकार नगर्ने सम्भावना रहेको पनि उल्लेख गरिएको छ ।

यसअघि फिल्म, ड्रामा र अन्य कार्यक्रमहरु प्रस्तुत गर्दै आइरहेको नेटफ्लीक्सको लोकप्रियता अन्तर्राष्ट्रिय समुदायमा झन बढ्दै गइरहेको पाइएको छ । २०१७ को अन्त्यमा मात्र यसका सस्क्राइबर ११ करोड ८० लाख पुगिसकेको छ । 

त्यसकारण चर्चामा रहेको यस कम्पनीले ओबामा र उनकी पत्नीलाई कति पारिश्रमिक प्रदान गर्ला भन्नेबारे पनि अहिले धेरै चर्चा भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् । 

ओबामा लामो समयदेखि सामाजिक सञ्जालमार्फत सर्वसाधारणसँग सम्पर्कमा रहने गरेका छन् । उनको ट्वीटरमा मात्र १० करोड फलोअर रहेका छन् । त्यसैले उनी आफैँले नयाँ कार्यक्रम प्रस्तुत गर्दा हिट हुने सम्भावना पनि धेरै रहेको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०७४  ०५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC