site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्रम्प र किमबीच भेटवार्ता हुँदा जापान किन चिन्तित ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङसँग प्रत्यक्ष भेट गरि सम्पूर्ण मुद्दाबारे आमनेसामने बसेर छलफल गर्न सहमति जनाएका छन् ।
यसै हप्ता प्योङयोङ भ्रमणमा गएका दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार आफैँले ह्वाइट हाउस अगाडि सम्पूर्ण मिडियालाई यसको जानकारी दिएका हुन् । 

पहिलोपटक अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली प्रमुखबीच यसरी प्रत्यक्ष कुराकानी हुने घोषणा गरिएपछि यो ऐतिहासिक खबरले सबै विश्लेशक र मुलुकहरुलाई समेत आश्चर्यमा पारिदिएको छ । 

गत वर्षको अन्त्यसम्म पनि किम र ट्रम्पबीच अपमानजक र धम्कीपूर्ण सन्देश आदानप्रदान भइरहँदा धेरैलाई युद्ध नजिक आइसकेको आभास भएको बताइन्छ । 

Agni Group

तर यसैबीच शीतकालिन ओलम्पिकका कारण बीचमा सबै विवाद रोकिँदा दक्षिण कोरियाको सहकार्यमा किम र ट्रम्पले आगामी मे महिना मै भेटवार्ता गर्नेमा सहमति जनाइसकेका छन् ।

यसरी छोटो समयमै सोचेको भन्दा धेरै ठूलो उपलब्धि हासिल गरेकामा अहिले दक्षिणका राष्ट्रपति मुनको खुसीको सीमा नरहेको स्थानीय सञ्चार माध्यमले खबर गरेका हुन् ।

Global Ime bank

मुनले आफू राष्ट्रपति नियुक्त भएदेखि नै कोरियाली प्रायद्विपमा शान्ति स्थापना गर्नु सबैभन्दा पहिलो लक्ष्य भएको बताउँदै आएका थिए । 

त्यसैले एक वर्षसम्म लगातार प्रयास गर्दै उनले अमेरिकासँग समेत सबै विवाद सुल्झाउन पछिल्लो महिना धेरै सकस गरेको बताइन्छ । उता सधैँ वार्ता गर्न जोड दिइरहने उत्तर कोरियाको सबैभन्दा नजिकको मित्रराष्ट्र चीनले पनि खबर सार्वजानिक भएलगत्तै उत्तर कोरियाको प्रस्ताव अमेरिकाले नकार्नै नसकेपछि अन्त्यमा वार्ता सम्भव भएरै छाड्यो भन्ने प्रतिक्रिया दिएको छ । 

तर अर्कोतर्फ पछिल्लो वर्ष दुईपटक सम्म आफ्नो देशको आकाशमा उत्तर कोरियाको मिसाइल उडेको अनुभव गरिसकेका जापानी प्रधानमन्त्री भने यस खबरले उत्साहित नभएको बताइएको छ । 

यो समाचार बाहिर आएलगत्तै आबेले ट्रम्पसँग फोनवार्ता गरि किमसँगको भेटअघि नै अप्रिलमा अमेरिका भ्रमणमा जाने बताएका हुन् । 

अमेरिकाले सत प्रतिशत जापानको साथ नछोड्ने बताउँदै उनले यसबारे ट्रम्प्सँग प्रत्यक्ष कुरा गर्ने बताएका छन् । वास्तवमा उत्तर कोरियासँग वार्ता गर्दैगर्दा ट्रम्पले आफ्नो देशको सुरक्षालाई मात्र केन्द्रित गर्नेमा जापानले चिन्ता व्यक्त गर्दै आएको अन्तराष्ट्रिय सञ्चार माध्यमको भनाइ छ । दक्षिण कोरिया र उत्तर कोरियाबीच सम्बन्ध सुधार भइरहेको समयमा पनि जापानले संवेदनशील अवस्थामा आफू मात्र एक्लै छाडिनेमा अत्यन्तै चिन्तित रहेको बताएको थियो । 

यसका साथै अमेरिकासँगको वार्ता सफल नभएमा उत्तर कोरियाले पुनः हतियार प्रयोग गर्न सक्ने सम्भावनाका कारण पनि आफू छिमेकमै भएकाले जापानलाई धेरै खतरा हुने प्रधानमन्त्री आबेको मान्यता छ । 

यति मात्र नभएर अमेरिकाले वार्ता सफल बनाउने क्षमतालाई लिएर समेत जापानले शंका व्यक्त गरिरहेको बताइएको छ । त्यसैले वार्ताका क्रममा उत्तर कोरियाले अमेरिकाको अपेक्षा पूरा गर्न नसकेमा विश्वले झन् ठूलो परिणाम भोग्नुपर्ने जापानी राजनीतिज्ञहरुको भनाइ छ ।

यसअघि भने अमेरिका र उत्तर कोरियाबीच २००८ र २०१२ मा भएको दुवैपटकको वार्ता असफल रहेको थियो । त्यसैले अहिले पनि जापानका प्रधानमन्त्री आबेले उत्तर कोरियाले हतियार बिसाउन निश्चित अभियान सुरु नगरेसम्म प्रतिबन्ध र दबाब जारी राख्ने बताइरहेको रोयटर्सले जनाएको छ । 
 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०७४  ०५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC