घटना क्रम
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका शासक किम जोङ उनबीच यसैवर्ष वार्ता हुने बताइएको छ । तर पछिल्लो समय एक अर्काको अपमान गर्ने यी दुईबीचको वार्तालाई विश्वले महत्वका साथ हेरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
पछिल्लो समयमा पनि एकले अर्काप्रति अपमानजनक शब्द प्रयोग गर्ने गरेको बीबीसीले जनाएको छ । उत्तर कोरियाका शासक उनले पछिल्लो समय ट्रम्पलाई ‘मानिसक र शारीरिक रुपमा कमजोर बुढा’ भनेर टिप्पणी गरेका थिए ।
उत्तर कोरियाका मिडियाले पनि ट्रम्पप्रति कडा टिप्पणी गर्ने गरेका छन् । ट्रम्पले पनि उनलाई पागल, हारेका व्यक्ति, बिरामी कुकुर लगायतका कडा टिप्पणी गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन २७, २०७४ ०५:५८
प्रतिक्रिया दिनुहोस्