site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
केपी ओली शक्तिशाली प्रधानमन्त्री, कांग्रेस अविश्वासको प्रस्ताव राख्न पनि असमर्थ    
Sarbottam CementSarbottam Cement

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत लिने क्रममा दुई तिहाइभन्दा बढी मत पाउने निश्चित भएको छ ।

प्रतिनिधि सभाको आज अपरान्ह बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव राख्नेछन् । त्यसपछि प्रस्तावमाथि छलफल भई पक्ष र विपक्षमा मतदान हुनेछ ।

शनिबार साँझसम्मको राजनीतिक समीकरणअनुसार ओलीका पक्षमा २ सय ९ मत पर्ने देखिएको आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले समाचार लेखेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

समाचारअनुसार ओलीको पक्षमा नेकपा (एमाले) १२१, माओवादी केन्द्र ५३, राजपा १६, संघीय समाजवादी फोरम नेपाल १६, राष्ट्रिय जनमोर्चा १, राष्ट्रिय प्रजातन्त्र पार्टी १, स्वतन्त्र १ रहेका छन् । विपक्षमा नेपाली कांग्रेस र नयाँ शक्ति रहेका छन् भने १ सिट रहेको नेमकिपा अहिलेसम्म खुलेको छैन ।

आजका सबैजसो पत्रिकाले प्रधानमन्त्री ओलीले विश्वासको मत लिने समाचारलाई महत्त्वका साथ प्रकाशित गरेका छन् ।

Global Ime bank

कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेको समाचारअनुसार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट गठबन्धन सरकारले तीन चौथाइभन्दा बढीको समर्थन प्राप्त गर्ने भएको छ ।

प्रतिपक्षमा एक चौथाइभन्दा कममात्र रहने भएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले ‘कार्यकारिणीको स्वेच्छाचारिता’ बढ्ने आशंका गरेको छ ।

कांग्रेसका जम्मा ६३ सांसद रहेका छन् । एक चौथाइ पुर्याउन कांग्रेसलाई ६९ मत आवश्यक पर्छ । एक चौथाइ नहुँदा कांग्रेसले कुनै पनि विशेष प्रस्तावसमेत संसद्मा दर्ता गर्न सक्दैन । जस्तो, अविश्वासको प्रस्ताव, महाभियोगको प्रस्ताव दर्ता गर्दा संसद्मा तत्काल कायम रहेका सदस्य संख्याको एक चौथाइ आवश्यक पर्छ ।

सत्तापक्षले दुई तिहाइभन्दा बढीको बलमा संवैधानिक निकायमा हस्तक्षेप गर्न खोजे प्रमुख प्रतिपक्षीको हैसियतले कांग्रेसले रोक्नसक्ने छैन ।

अन्नपूर्ण पोस्टले ओलीले विश्वासको मत लिनेसम्बन्धी समाचारलाई पहिलो पृष्ठमा एक कोलममा प्रकाशित गरेको छ । गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेको समाचारमा पनि ओलीलाई संसद्मा दुई तिहाइ मत प्राप्त हुने सम्भावना रहेको उल्लेख छ ।

नयाँ पत्रिका, राजधानीलगायतका पत्रिकाले पनि यो समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

अन्य समाचार

आजको नयाँ पत्रिका दैनिकले ‘संसद्बाट गायब खेलाडी’ शीर्षकमा प्याकेज समाचार तयार पारेको छ ।

सत्ताका सदाबहार चाबी जो अहिले उपयोगविहीन भए भन्दै नयाँ पत्रिका दैनिकले कमल थापा, सिपी मैनाली, प्रेमबहादुर सिँह, एकनाथ ढकाललगायतको तस्बिरसहितको समाचार प्रकाशित गरेको छ । त्यसैगरी यस लहरमा गोपाल दहित, विश्वेन्द्र पासवान, हरिचरण साह, मेघराज नेपालीलगायत राखिएका छन् ।

नयाँ पत्रिकाले आफ्नो समाचारमा फरक व्यक्तित्वको रूपमा रहेका नेता भन्दै नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे र राजमोका अध्यक्ष चित्रबहादुर केसीलाई संसद्ले ‘मिस’ गरेको उल्लेख गरेको छ ।

त्यसैगरी नयाँ पत्रिकाले बोक्सीको आरोपमा किशोरीलाई कुटपिट घटनाको जाहेरी दर्ता गर्न नमान्ने इलाका प्रहरी कार्यालय सुख्खडका निमित्त प्रमुख सई दिनेश विष्टमाथि कारवाहीको प्रक्रिया अघि बढेको भन्दै पहिलो पृष्ठमा समाचार प्रकाशित गरेको छ भने घोडाघोडीका मेयर ममताप्रसाद चौधरी ‘सामाजिक सरोकारमा पछाडि, आर्थिक अनियमिततामा अगाडि’ शीर्षकमा उनको तस्बिरसहितको समाचार प्रकाशित गरेको छ ।

अन्नपूर्ण पोस्टले मुग्लिन — नारायणगढ सडकखण्ड वर्षा नलाग्दै सकिने भन्दै निर्माण प्रगतिसम्बन्धी समाचारलाई मुख्य समाचार बनाएको छ ।

नागरिक दैनिकले कृष्णबहादुर महरा सभामुखमा निर्वाचित भएर बाहिरिँदै गरेको तस्बिरलाई प्राथमिकतामा राखेको छ भने पहिलो पृष्ठमै ‘विवादरहित बन्न सकेनन् राष्ट्रपति’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । बालकृष्ण अधिकारीले लेखेको समाचारमा पूर्व राष्ट्रपति रामवरण यादव र वर्तमान राष्ट्रपति विद्या भण्डारी दुवै विवादरहित बन्न नसकेको उल्लेख छ ।  कान्तिपुर दैनिकले ‘सर्वोच्चलाई प्रतिशोधमा प्रयोग गर्दै पराजुली’ शीर्षकमा विशेष समाचार प्रकाशित गरेको छ ।

आजको राजधानी दैनिकले महरा सभामुख र ओलीलाई दुई तिहाइ लगायतका शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

 

विचार र दृष्टिकोण

आजको कान्तिपुर दैनिकमा डा. गोविन्द केसी र जीवन क्षत्रीले संयुक्त दृष्टिकोण राखेका छन् ।

‘न्याय जोगाउने नागरिक दायित्व’ शीर्षकमा लेखिएको छ – पराजुलीका अनेक नागरिकता र किर्ते प्रमाणपत्रमात्रै नभई भ्रष्टाचारलाई प्रश्रय दिने गरी विभिन्न अदालतमा छँदा उनले गरेका फैसलाले न्यायालयको मर्यादा गिराएका विषयमा हामी निरन्तर बोल्दै र लेख्दै आएका छौँ ।

आजको नागरिक दैनिकमा डा. सुरेन्द्र भण्डारीको विचार प्रकाशित छ । ‘न्यायिक मर्यादाको उचाइ’ शीर्षकमा रहेको विचारमा भनिएको छ – प्रधान न्यायाधीशको व्यक्तित्व र क्रियाकलापबाट सिंगो न्यायालय विवादास्पद बन्न पुगेको छ । जसको संवैधानिक निराकरण अब विवादरहितरूपमा अत्यावश्यक भइसकेको छ ।

आजको नागरिक दैनिकमा नेकपा (एमाले)का पूर्वअध्यक्ष झलनाथ खनालको अन्तर्वार्ता पनि प्रकाशित गरिएको छ ।

आजको अन्नपूर्ण पोस्टमा प्रा.डा. श्रीधर गौतमको विचार प्रकाशित छ । ‘आशाका किरण’ शीर्षकमा गौतमको लेखमा भनिएको छ – खाँचो समाजमा रहेका सामाजिक शक्तिका बीचमा नयाँ गठबन्धन हो, जसले पुराना शक्तिले बनाएका पर्खाल भत्काएर नयाँ सामाजिक शक्तिले न्याय र समानताका नयाँ जग खडा गर्न सकुन् ।

नयाँ पत्रिका दैनिकमा एमालेका नेता कर्णबहादुर थापाको दृष्टिकोण प्रकाशित छ । ‘राष्ट्र निर्माण गर्ने अवसर’ शीर्षकमा उनले आफ्नो दृष्टिकोण राखेका छन् ।

 

सम्पादकीय

आजको कान्तिपुर दैनिकले ‘दण्डहीनताको पराकाष्ठा’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा अन्तर्राष्ट्रिय नारी दिवसकै दिन कैलालीमा किशोरीमाथि भएको कुटपिट प्रकरणमा पीडित किशोरीमाथि यातनामात्रै होइन, अप्रत्यक्ष रूपमा यौनजन्य हिंसासमेत भएको उल्लेख गरिएको छ ।

नागरिक दैनिकले ‘बैंकिङ सिन्डिकेट’ शीर्षकमा सम्पादकीय लेख्दै भनेको छ – बैंकहरुले आपसी स्वस्थ प्रतिस्पर्धा र सर्वसाधारणको हितलाई केन्द्रमा राख्न सक्नुपर्छ । नेपाल राष्ट्र बैंकले यस क्षेत्रमा हुन लागेको सिन्डिकेटविरुद्ध सशक्त कदम चाल्नुपर्छ ।

अन्नपूर्ण पोस्टले पनि कैलालीमा युवतीमाथि भएको हिँसात्मक गतिविधिको विरोध गर्दै सम्पादकीय प्रकाशित गरेको छ ।

यस्ता घटनाले व्यापक र प्रभावकारी जनचेतना आवश्यक रहेको देखाएको  सम्पादकीयमा उल्लेख छ । नयाँ पत्रिका दैनिकले ‘गणतन्त्र हो, गणतन्त्र होइन’ शीर्षकमा सम्पादकीय लेख्दै कैलाली घटनाको विरोध गरेको छ ।

सम्पादकीयमा भनिएको छ – एउटी अबोध किशोरीमाथि यो हदसम्मको अमानवीय व्यवहार हुँदा पनि हाम्रो गणतन्त्र रमिते बनिबस्छ भने यस्तो शासन व्यवस्था गणतन्त्र हो भनेर कसरी स्विकार्नु ?’

गोरखापत्र दैनिकले ‘अधिक विषादी प्रयोगमा नियन्त्रण’ शीर्षकमा सम्पादकीय लेखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०७४  ०७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC