site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘घरमा खान दिने बेलामा पनि सोध्नेछन् केपी ओलीलाई भोट किन दिनुभएन ?’
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शंका नगर्न आग्रह गरेका छन् । उनले आफू देश बनाउन आएको उल्लेख गर्दै समस्याको समाधान पनि गरेरै छाड्ने बताए ।

“समयको सीमा हुन्छ । अवधीको सीमा । सामथ्र्यको सीमा हुन्छ, मेरा पनि सीमा छन्,” उनले भने, “केही सांसदहरुले मलाई भोट दिनुहुन्नहोला तर तपाईँ बाहिर निस्कँदा ड्राइभरले सोध्लान् केपी ओलीलाई भोट दिनुभएन ? भनेर सोध्लान् । घरमा खाना खान दिने बेलामा केपी ओलीलाई भोट दिनुभएन ? भनेर पनि सोध्नेछन् । भोट नदिए पनि चिन्ता नलिनुस् देश बन्छ ढुक्क भएर निदाउनुहोला ।”

Agni Group

कांग्रेसप्रति केही आक्रामक देखिएका प्रधानमन्त्री ओलीले संविधान अपरिवर्तनीय दस्तावेज नभएको बताए ।

“संविधान अपरिवर्तनीय दस्तावेज होइन । सुन्ने र प्रचार गर्नेले कुनै पनि हालतमा गर्दिनँ भन्यो होला,” उनले भने, “संविधान अपरिवर्तनीय दस्तावेज होइन । दुनियाभर जहाँ पनि संविधान संशोधन हुन सक्छ । समयको मागअनुसार संविधान संशोधन हुन्छ ।”

Global Ime bank

उनले दुई तिहाइ दम्भका लागि नभएर देश एकजुट छ भन्ने सन्देश दिनका लागि भएको बताए ।

“दुई तिहाइ दम्भका लागि होइन । देश एकजुट छ भन्ने सन्देश दिनका लागि हो । सही र सकारात्मक उद्देश्यका लागि हो,” ओलीले भने । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०७४  ०२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC