site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली (रासस/सिन्ह्वा) । भारतले सन् २०२२ सम्ममा १७५ गिगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय सौर्य उर्जा सम्झौता सम्मेलन (आइएसए) को उद्धघाटन समारोहमा भने, “भारतले आगामी पाँच बर्षभित्र १७५ गिगावाट विद्युत निकाल्ने र यसमध्ये १०० गिगावाट बिजुली सौर्य उर्जाबाट उत्पादन गर्ने घोषणा गर्ने योजना ल्याएको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

भारतीय प्रधानमन्त्री मोदीले भने, “हामीले अहिलेसम्म २० गिगावाट विद्युत सौर्य शक्तिबाट उत्पादन गर्न सफल भइसकेका छौँ । भारतमा अहिले परम्परागत स्रोतबाट विद्युत निकालिरहेको सन्दर्भमा थप विद्युत उत्पादनको स्रोत नवीकरणीय उर्जालाई बनाइनेछ ।”

सरकारले ‘सौर्य अध्ययन बत्ती योजना’ मार्फत् ७० लाख विद्यार्थीलाई उज्यालोको पहुँच दिनेछ । ‘अटल ज्योति योजना’को उद्देश्य भारतीय सडकमा वत्तीको प्रवन्ध गरेको र यसलाई सौर्य उर्जाको सहायतामा सफल पार्ने उनको भनाइ थियो ।

Global Ime bank

प्रधानमन्त्री मोदीले भने, यदि सौर्य शक्तिलाई प्रविधिका अन्य क्षेत्रमा पनि जोड्न सकियो भने यसबाट मुलुकको विद्युतको मागलाई थप परिणाममुखी बनाउन सकिनेछ ।

 भारत सरकारले २८ अर्ब एलइडी वल्व बाँडेर विगत तीन बर्षमा दुई अर्ब अमेरिकी डलर बराबरको धनराशी जोगाएको छ भने ४ गिगावाट विद्युत खपतलाई पनि बचाएको छ, प्रधानमन्त्री मोदीले भने ।  भारतले विभिन्न १५ विकासोन्मुख मुलुकमा एक अर्ब चार करोड अमेरिकी डलर बराबरको  २७ सौर्य योजना सञ्चालनमा ल्याउन लागेको उक्त कार्यक्रममा बताइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०७४  ०६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC