site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विमान दुर्घटनाको अध्ययन गर्न छानविन समिति गठन गर्न देउवाको आग्रह
Ghorahi CementGhorahi Cement

काठमाडौं ।  कांग्रेस सभापति शेरबहादुर देउवाले युएस बंगला विमान दुर्घटनामा परी मुत्यु भएकाप्रति श्रदाञ्जली व्यक्त गरेका छन् ।

सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा उक्त विमान दुर्घटनाग्रस्त भएको थियो । देउवाले दुर्घटनामा परी घाईते भएकाहरुलाई तत्काल उपचार गराउन सरकारसँग आग्रह गर्दै स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

Agni Group

‘त्रिभुवन विमानस्थलमा युएस बंगला विमान दुर्घटनाको खवरले म निकै मर्माहीत भएको छु’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनामा परी निधन भएकाप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ देउवाले उद्दार र घाईतेहरुको उपचारमा तदारुकता देखाउन पनि सरकारसँग आग्रह गरेका छन् । 

देउवाले दुर्घटनाका विषयमा तत्काल छानविन समिति गठन नगरी वास्तविकता बाहिर ल्याउन पनि सरकारसँग माग गरेका छन् । देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनाको वास्तविकता पत्ता लगाउन तत्काल छानविन समिति गठन गर्न म सरकारसँग माग गर्दछु ।’

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०७४  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC