site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
म्यानचेस्टर युनाइटेडका मिडफिल्डर माइकल क्यारिकले सन्यास लिने
Sarbottam CementSarbottam Cement

एजेन्सी । इंग्लिश मिडफिल्डर  तथा म्यानचेस्टर युनाइटेडका कप्तान माइकल क्यारिकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन् । ३६ बर्षिय मिडफिल्डर क्यारिकले सिजनको अन्त्यबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेग खेल अघिको पत्रकार सम्मेलनमा बोल्दै  क्यारिकले सन्यासबारे बताएका हुन् । स्पेनिस क्लब सेभियाविरुद्धको खेलअघि कप्तान क्यारिकले भने, “जब एक समय आउँछ, तपाईँले मन पराउनुहुन्छ वा हुन्न तर, तपाईँको शरीरले तपाईँलाई बताउँछ, यो रोक्ने समय हो, म जहाँ छु त्यो तपाईले स्वीकार गर्नु भएको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

मिडफिल्डर क्यारिकले गत सेप्टेम्बरबाट फुटबल खेलेका छैनन् । यो सिजन क्यारिकले मात्र ४ खेल खेलका छन् । मुटुको धड्कन असामान्य हुन थालेपछि क्यारिक मैदान बाहिर रहँदै आएका छन् । पछिल्लो समय उपचार गराइरहेका क्यारिकले मुटुको समस्याकै कारण सन्यास लिने घोषणा गरेको बीबीसीले जनाएको छ । 

तर, कप्तान क्यारिकले यो सिजनको केहि खेल आफुले खेल्न सक्ने बताएका छन् । आफु फिट रहन अभ्यास गरिरहेको बताउँदै क्यारिकले भने, “जब मुटुको मुद्दा आयो, मैले दुई तीन दिन सोचे म के गरिरहेको छु । म पुन: फिट हुनेछु र मैले आफ्नो सर्तहरुको अन्त्य गर्नेछु ।”

Global Ime bank

युनाइटेडमा १२ बर्ष बिताएका क्यारिकले सन्यास पछि युनाइटेडमै प्रशिक्षकको भूमिका निभाउने डेलिमेलले जनाएको छ ।  वेष्ट ह्याम युनाइटेडबाट फुटबल करियर सुरुवात गरेका क्यारिकले सन् २००४ देखि ६ सम्म टोटनह्यामबाट खेलेका थिए । सन् २००६ मा टोटनह्यामबाट क्लब आएका क्यारिकले त्यसयता निरन्तर युनाइटेडबाट खेलिरहेका छन् ।

क्यारिकले १२ बर्षको बसाईमा युनाइटेडबाट ४६३ खेल खेल्दै २४ गोल गरेका छन् । क्यारिकले युनाइटेडबाट ५ पटक इन्ग्लिश प्रिमियर लिग, १ पटक च्याम्पियन्स लिग, ३ पटक लिग कप उपाधि जितेका छन् । त्यस्तै क्यारिकले समान एक एक पटक युरोपा लिग, एफए कप र क्लब विश्वकपको उपाधि चुमेका छन् ।

सन् २००१ मा इंग्ल्यान्डको टोलीमा डेब्यु गरेका क्यारिकले राष्ट्रिय टोलीबाट ३४ खेल खेलेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC