ad

साहित्य र कला

भदौ १ मा प्रदर्शन हुँदै ‘मिस्टर भर्जिन’

भदौ १ मा प्रदर्शन हुँदै ‘मिस्टर भर्जिन’

काठमाडौं । चलचित्र ‘मिस्टर भर्जिन’ले रिलिज डेट लिएको छ । चलचित्र २०७५ को भदौ १ गते रिलिज हुने निर्माण पक्षले जनाएको छ । 

चलचित्र ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतको निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । 

चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी रहेको छ । 

तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको ‘मिस्टर भर्जिन’ खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतले निर्माण गरेका हुन् । 
 

तपाईंको मत