site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
डा. गोविन्द केसीको १५ औं अनसन स्थगित
Sarbottam CementSarbottam Cement

काठमाडौं । डा. गोविन्द केसीले आजबाट सुरु गर्ने भनेको १५ औं कार्यक्रम स्थगित गरेका छन् । उनले सोमबार भएको विमान दुर्घटनामा आफ्ना सहकर्मी र चिकित्सकहरुको मृत्यु भएको घटनाले आहत तुल्याएको भन्दै अनसन स्थगित गरेका हुन् । डा. केसीले मागहरु पूरा नभएको खण्डमा आगामी चैत ४ गतेदेखि सत्याग्रहको कार्यक्रम पुनः सुरु गर्ने विज्ञप्तिमा जनाएका छन् । 

यस्तो छ डा. केसीको विज्ञप्ति
 

Prabhu Bank
Agni Group
NIC Asia

प्रेस विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरु
यही फागुन २८ गते त्रिभुवन विमानस्थलमा भएका त्रासद विमान दुर्घटनामा परी हाम्रा सहकर्मी चिकित्सकलगायत धेरै जनाको मृत्यू भएको घटनाले हामीलाई आहत तुल्याएको छ । यो दुखको घडीमा दिवंगत सबैप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै उहाँहरुका परिवारजनलाई धैर्य धारण गर्न क्षमता मिलोस् भन्ने कामना गर्दछौं । 

Global Ime bank

यस शोकको घडीमा हामीले आजदेखि शुरु गर्ने भनेको सत्याग्रहको कार्यक्रम स्थगित गरेका छौं । हाम्रा मागहरु पूरा नभएको खण्डमा आगामी चैत्र ४ गतेदेखि सत्याग्रहको कार्यक्रम पुनः शुरु गर्ने पनि घोषणा गर्दछौं । 

साथै यसैबीच सर्वोच्च अदालतका सम्मानित न्यायधीशहरुले भ्रष्ट र विवदित प्रधान न्यायधीश गोपाल पराजुलीलाई पद छाड्न सुझाव दिएकोमा त्यसको स्वागत गर्दर्छौं । साथै गोपाल पराजुलीको कार्यकाल महिनौंअगाडि सकिए पनि निज नैतिकता, मर्यादा र कानुनविपरीत अहिलेसम्म पदमा रहेको भनेर सर्वोच्च अदालतबाटै आएको आदेशले पनि हामीले बारम्बार भन्दै आएको कुरालाई पुनः पुष्टि गरेको छ । पराजुलीले सिर्जना गरेको विवादका कारण बन्धक बन्न पुगेको न्यायालयले बाँकी न्यायधीशहरुको सुझबुझ र उचित निर्णयको बलमा यो

संकट पार गर्नेछ र आफ्ना सबै गलत कामहरुका लागि पराजुली जवाफदेही बनाइनेछन् भन्ने विश्वास पनि हामीले लिएका छौं ।

डा. गोविन्द केसी
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC