site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

पर्वत, रासस । करिव रु २१ लाखको लागतमा पर्वतको लिमिठाना माविमा दुईकोठे सुविधासम्पन्न विद्यालय भवन निर्माण भएको छ । 

विद्यालयमा भवनको आवश्यकतालाई मध्यनजर गर्दै स्थानीयस्तरमा विद्यालय तथा बालबालिकाको क्षेत्रमा काम गर्ने दातृ निकायको सहयोगमा उक्त भवन निर्माण सम्पन्न भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्थानीय साझेदारी संस्था सोडेक नेपालको परिचालनमा भवन निर्माण सम्पन्न भएको हो । गुड नेवर्सको रु १८ लाख सहयोग र स्थानीयवासी तथा विद्यालयको रु तीन लाख जनश्रमदानबाट भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक यामप्रसाद शर्माले जानकारी दिए । 

भवन निर्माणसँगै विद्यालयले प्रविधियुक्त शिक्षण सिकाइ क्रियाकलापसमेत सञ्चालन गर्ने लक्ष्य लिएको छ । सोसँगै विद्यालयले करिव ३० जना विद्यार्थीले एकैपटक पढ्न पाउने गरी कम्प्यूटर कक्षासँगै प्रोजेक्टरको माध्यमबाट पठनपाठन हुने गरी श्रव्यदृश्य सामग्रीसहितको स्मार्ट कक्षा सञ्चालन गर्न लागिएको प्रअ शर्माले जानकारी दिए । 
नवनिर्मित भवनको हालै एक समारोहका बीच प्रदेशसभा सदस्य सांसद विकास लम्सालले उद्घाटन गरे ।  कार्यक्रममा उनले शिक्षा नै समृद्धिको पहिलो जड भएको बताउँदै गुणस्तरीय शिक्षामा सबैले ध्यान दिनुपर्नेमा जोड दिए । 

Global Ime bank

पर्वतका विभिन्न नगरपालिका तथा गाउँपालिकाका छवटा वडामा विगत पाँच वर्षदेखि काम गर्दै आएको गुडनेवर्स इन्टरनेशनल नेपालले गत वर्षदेखि स्थानीय संस्था सोडेक नेपालको साझेदारीमा सोही क्षेत्रका २२ विद्यालय र एक हजार २०० विद्यार्थीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै क्रममा गत वर्ष सन् २०१७ मा मात्रै भौतिक संरचनाअन्तर्गत तीनवटा विद्यालयमा भवन निर्माण गरी कुनै भवन हस्तान्तरण भइसकेका छन् भने कोही निर्माण सम्पन्न हुने चरणमा रहेको संस्थाका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले बताए । 
सोसँगै गुड नेवर्सको सहयोगमा खानेपानी तथा सरसफाइ, बालबालिकाका अभिभावकलाई आयआर्जनलगायतका क्षेत्रमा समेत काम भइरहेको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC