site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

रोल्पा । साविकको कोटगाउँ गाविसका ५७ वर्षीय दिलबहादुर विक चार पाँच महिनादेखि बिरामी छन् । 
विकका अनुसार बिरामी परेपछि उनमा मुटु दुख्ने, छाती दुख्ने शरीर सुन्निनेलगायतका समस्या देखिन थालेका थिए । निम्न आर्थिक अवस्थाका कारण उनले जिउले सक्दासम्म रोजीरोटीको बाटो अपनाइरहे । तर बिरामी परेका बेला पनि विकले काम गरेर थकित भएको भन्दै आफ्नो खानपानमा भने सुधार गर्न सकेनन् । 
उनले अत्यधिक मात्रामा धूमपान तथा मद्यपान गरिरहे, जसका कारण उनको स्वास्थ्यमा समस्या चुलिँदै गयो । व्यथाले च्याप्दै गएपछि तीन दिनदेखि उनी गम्भीर रुपमा बिरामी परेका छन् । 
बोल्दा ओठ लर्बराउछ, राम्रोसँग जिब्रो लाग्दैन, शरीर सुन्निएको छ, शक्ति कम भएको छ । यसरी व्यथाले चाप्दै लगेपछि उनी आइतबार जिल्ला स्वास्थ्य कार्यालय रोल्पामा एक छोरा र दुई बुहारीको साथमा उपचारका लागि आएका थिए । डाक्टरले मिर्गौलामा समस्या भएका कारण उहाँको स्वास्थ्य बिग्रँदै गएको भनेपछि परिवारमा थप निराशा छाएको छ । 

विकले अत्यधिक मात्रामा जाँड, रक्सी र चुरोट सेवन गर्ने गरेको भए पनि केही दिनयता डाक्टरको सल्लाह बमोजिम जाँड, रक्सी तथा चुरोट खान छोडेको परिवारले बताएको छ । 

“घरमा हामीले जाँड, रक्सी, चुरोट नखानुस् भन्दा मान्नुभएन अहिले यो अवस्था आयो अब कसरी ससुरालाई बचाउने”, बुहारीले चिन्ता प्रकट गरिन् । यो अवस्थामा आएर विकलाई पनि विगतमा अनियन्त्रित रुपमा गरेको खानपिनले निकै पश्चाताप पारेको छ । 
यस्तै, जिल्ला स्वास्थ्य कार्यालय, रोल्पामा उपचारका लागि पश्चिम रोल्पाको दुरदराजबाट आइपुगेका दैले बुढाले पनि जीवनमा अनियन्त्रितरुपमा मदिरा सेवन गर्नेगरेको बताए । करिब सात महिना पहिलेदेखि उनको छातीमा क्यान्सर देखिएको छ । विक जस्तै बुढालाई पनि उमेरमा गरेको अत्यधिक जाँडरक्सी, हुक्का र सुर्ती सेवनले हिजोआज निकै पछुतो पारेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनको पनि आर्थिक अवस्था सवल छैन । बुढा थला परेपछि परिवारलाई साँझ बिहानको गुजारा चलाउनसमेत हम्मे हम्मे परेको उनको परिवारले जनाएको छ । 

यी त प्रतिनिधि पात्र मात्र हुन् । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाकाअनुसार जिल्लामा मुटु, मिर्गौला र क्यान्सर रोगका बिरामी दिनप्रतिदिन बढ्दै गएको वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेयले बताए । उनका अनुसार धूमपान, मद्यपान, र सुर्ती सेवन नै यी रोग बढ्नुको मुख्य कारण हो । 

Global Ime bank

यसैगरी, चिल्लो खाना, बोसोयुक्त खाना, तारेको तथा भुटेको माछामासु, विषादीयुक्त औषधि प्रयोग गरेका तरकारी खानु पनि यी रोग बढ्नुका मुख्य कारण भएको उनको भनाइ छ । 

कार्यालयको तथ्यांकअनुसार यस आवमा मात्र मुटु, मिर्गौला र क्यान्सर रोगका बिरामीको संख्या ४६ पुगेको छ भने गतः आवमा मुटु, मिर्गौला र क्यान्सर रोगका गरी जम्मा ५८ जना बिरामी जिल्लाबाट सिफारिसमा परेका थिए । 

यसरी भएका बिरामीलाई विपन्न नागरिक उपचार सहयोगको लागि देशका विभिन्न अस्पतालमा सिफारिस गरेर पठाउने गरिएको पाण्डेले जानकारी दिए । उनका अनुसार यी रोगले परिवार तथा तिनका आफन्तलाई प्रताडित बनाउने गरेको छ । त्यसैले स्वस्थ बानी व्यवहार गर्नुका साथै खानपिनमा विशेष ध्यान दिनसके मात्र पनि यो रोगबाट केही हदसम्म छुटकारा पाउन सकिन्छ । 

यस्तै, जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका डा तेजेन्द्र साउदका अनुसार यी दीर्घ रोगले राज्य तथा बिरामीलाई थप भार पारिराखेको छ । प्रत्येक जिल्लाबाट यसरी बिरामीको संख्या बढ्दै गयो भने यसले सबैलाई समस्या निम्त्याउँछ । 

त्यसैले, आहारविहारमा विशेष ध्यान दिनसके केही मात्रामा रोगमा कमी आउनसक्छ । साथै, सबैले स्वास्थ्य बीमा गर्न सके भने यसले परिवार तथा सरकारलाई पनि केही हदसम्म भार घट्नसक्ने उनको सुझाव छ । 
–कविता उपाध्याय (रासस)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  २३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC