site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युनिभर्सिटी कपमा टीयूको जित, इशानले बनाए अविजित १२६ रन
Sarbottam CementSarbottam Cement

काठमाडौं । दोस्रो संस्करणको युनिभर्सिटी क्रिकेट कपअन्तर्गत मंगलबार भएको खेलमा जित हात पार्दै टियु ए सेमिफाइनलमा प्रवेश गरेको छ । इशान पाण्डेको उत्कृष्ट शतकीय प्रदर्शन सँगै टियु ए ले क्यारेवियन कलेज अफ म्यानेजमेन्टलाई १३६ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

टियु क्रिकेट मैदानमा भएको खेलमा टियु ए को जितका लागि इशान पाण्डे नायक बने । टस जितेर पहिले ब्याटिङ गरेको टियु ए ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०७ रनको विशाल योगफल तय गरेको थियो । टियु ए का लागि ओपनिङमा आएका इशान पाण्डेले अविजित १२६ रन बनाए । उनले मात्र ७० बलको सामाना गर्दै १६ चौका र ५ छक्का प्रहार गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, टियु ए का लागि कप्तान पृथु बास्कोटाले ३२, र सुवास खकुरेलले २४ रन बनाए भने सोनु तामाङले १२ रनको योगदान दिए । 

जारी प्रतियोगितामा यो सबै भन्दा उच्च स्कोर पनि हो । २०८ रनको उच्च स्कोर पछ्याउदै ब्याटिङ गरेको क्यारेवियन कलेज अफ म्यानेजमेन्टले १९.३ ओभरमा सबै विकेट गुमाउदै ७१ रन मात्रै बनाउन सक्यो । 

Global Ime bank

क्यारेवियन कलेजका लागि कुनै पनि खेलाडीले राम्रो रन बनाउन सकेनन् । क्यारेवियन कलेजका लागि सञ्जिव अधिकारीले १६ रन बनाएका थिए । टियु ए का लागि कप्तान पृथु बास्कोटा, सागर ढकाल र विक्रम शोवले समान ३–३ विकेट लिए ।

मंगलबार नै भएको अर्को क्वाटरफाइनलमा न्यु समिट कलेजलाई ४७ रनले पराजित गर्दै कसमोस कलेज पनि सेमिफाइनलमा प्रवेश गरेको छ । १५० रनको चुनौति पछ्याउदै ब्याटिङ गरेको न्यु समिटले  निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०२ रन मात्रै बनाएपछि कसमोस कलेज सेमिफाइनलमा पुगेको हो ।

न्यु समिटका लागि करण शाहले ३१ र शरद खड्काले २५ रन बनाएका थिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कसमोस कलेजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउर १४९ रन बनाएको थियो । कसमोसका लागि कमलसिंह ऐरीले ५५ रन बनाएका थिए ।  
१६ टिमको सहभागिता रहेको प्रतियोगिता चैत्र ३ गतेसम्म हुनेछ । प्रतियोगिताको विजेताले २ लाख नगदसहित ट्रफि हात पार्नेछ । त्यस्तै, उपविजेताले १ लाख नगदसहित ट्रफि पाउने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद, बेष्ट बलर, ब्याट्सम्यान नगद १० हजार प्राप्त गर्ने छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC