site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ । स्पेनमा हुने दशौँ डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालबाट १८ खेलाडीले भाग लिने भएका छन् । 

स्कलर्स होम एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका प्रिन्सिपल हरिनारायण उपाध्यायले १३ र १४ वर्ष उमेर समूहको विधामा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा पाँच महादेशका ५७ मुलुकबाट करिब पाँच सय टोलीको सहभागिता रहने एकेडेमीका प्रिन्सिपल उपाध्यायले बताए । 

आगामी जुलाई १ देखि ८ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा १० देखि १८ वर्षसम्मको उमेर समूहका टोलीबीच प्रतिस्पर्धा हुनेछ । सामाखुसीमा रहेको उक्त एकेडेमीमा अध्ययनरत् विद्यार्थीमध्ये उत्कृष्ट खेल प्रदर्शन गर्ने १८ खेलाडीलाई छनोट गरिएको आयोजकले जनाएको छ । 

Global Ime bank

टोलीको मुख्य प्रशिक्षक भरत लामा छन् भने कप्तानमा कक्षा ८ मा अध्ययनरत् अनुज पौडेल छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  १७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC