site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

यमन । यमनको बन्दरगाह सहर एडेनमा यमनी सेना र दक्षिणी सङ्क्रमणकालीन परिषद् सम्बद्ध शक्तिबीच मङ्गलबार ब्यापक भिडन्त भएको समाचार छ । 

यस भिडन्तमा दुवैपक्षका गरी कैयौँ नागरिकको मृत्यु भएको अनुमान गरिएको स्थानीय अधिकारीले बताएका छन् । साउदी अरबको समर्थन प्राप्त यमनी सरकारले एडेनमा सुरक्षा तैनाथ गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विद्रोहीले आह्वान गरेको ‘शान्तिपूर्ण प्रदर्शन’मा रोक लगाउन सरकारले गरेको कडा निर्देशनलाई पालना नगरेपछि साउदी अरब गठबन्धन अन्तर्गतको सरकारी सेना र विद्रोहीबीच खोरमास्कर क्षेत्रमा भिडन्त सुरु भएका हो । 

घण्टौँ लामो यस भिडन्तपछि यमनी सेनाको शिविरलाई विद्रोही लडाकूले कब्जा गरेको प्रत्यक्षदर्शीले सिन्ह्वालाई बताएका छन् । 

Global Ime bank

सिन्ह्वा न्यूज एजेन्सीका एडेनस्थित समाचारदाताले दुवैपक्षले यहाँका मुख्य सडकहरूमा व्यापक विष्फोट गराइएको तथा तथा गोली चलाइएको सुनिएको बताए । 

दुबैपक्षका कैयौँ सेना उपचारका लागि अस्पताल ल्याइएको अस्पताल स्रोतले जनाएको छ । यहाँ ठूलो संख्यामा मानवीय क्षति भएको अनुमान गरिएको छ । तर यसको यकिन विवरण भने प्राप्त भएको छैन । 

साउदी नेतृत्वको सेनाले घटनास्थललाई निगरानी गर्न हवाई सेना पठाएको तर सेनाले हवाई आक्रमण भने नगरेको स्थानीयले बताएका छन् । यसबारे अन्य बिस्तृत विवरण भने प्राप्त हुन सकेको छैन । 

दक्षिणी बन्दरगाह सहर एडेन यमनको अस्थायी राजधानीका रूपमा सन् २०१५ देखि साउदी अरब गठबन्धन सेनाको सहयोगप्राप्त यमनी सरकारले सञ्चालन गर्दै आएको छ ।  रासस÷सिन्ह्वा
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC