site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विशाल मिलन र हिमालयन हण्डसलाई सफलता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विशाल मिलन केन्द्र र हिमालयन हण्डसले क्विक्स बास्केटबल लिगमा जित हासिल गरेका छन्  । मंगलबार भएको खेलमा विशालले किर्तिपुर बास्केटबल टिम र हिमालयनले जेभियर्स इन्टरनेसनल कलेजलाई हराएको हो  ।

विशालनगरमा भएको खेलमा घरेलु टोलीले किर्तिपुरमाथी ६८ – ५७ अंकले हराएको हो  । जितसँगै विशाल मिलनले लिगमा छैटौं जित निकालेको छ ।  विशालको जितमा विवेक श्रेष्ठले २० अंक जोडे । जितपछि विशालले ८ खेलबाट १८ अंक जोडेको छ । जितपछि विशाल लिगको तेस्रो स्थानमा छ । पराजित किर्तिपुरले ६ खेलबाट १२ अंक जोडेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

होम एण्ड अवे लिगको आधारमा जारी प्रतियोगिता अन्तर्गत नै  मंगलबार हिमालयन हण्डसले जेभियर्सलाई ८८ – ५ ७ अंकले हरायो  । हिमालयनको जितमा मनिस केसीले २० अंक जोडे । यो जितपछि हिमालयनले ११ खेलबाट १८ अंक जोडेको छ ।  लिगमा मात्र ६ अंक जोडेको जेभियर्सको यो नवौं हार हो । ।

नेपालमा पहिलोपटक आयोजना भएको बास्केटबल लिगको शीर्ष स्थानमा त्रिभुवन क्लब रहेको छ । अपराजित रहेको आर्मीले ८ खेलबाट २४ अंक जोडेको छ ।  प्रतियोगिताको बिजेताले २ लाख प्राप्त गर्दा उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वा्धिक स्कोरकर्ता, डिफेन्स, इमर्जीङ प्लेयर र प्रशिक्षकले स्पोर्ट्स क्लोथिङ कम्पनीबाट १० हजार बराबरको गिफ्ट प्राप्त गर्ने छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  १९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC