site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शव चिन्न नसक्दा पोष्टमार्टममा समस्या
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विमानस्थलमा सोमबार दुर्घटनामा परी मृत्यु भएकाहरुमध्ये मंगलबार बेलुकासम्म ११ जनाको मात्रै पोष्टमार्टम सकिएको छ ।

अधिकांश जलेको अवस्थामा रहेकाले पहिचानमा समस्या भएको छ ।  मंगलबार त्रिवि शिक्षण अस्पतालमा फरेन्सिक विभागले गरेको पत्रकार सम्मेलनमा मंगलबारसम्म ११ जनाको पोष्टमार्टम गरिएको जानकारी दिइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

फरेन्सिक विभागका प्रमुख डा. प्रमोद श्रेष्ठले ११ जनाको पोष्टमार्टम भए पनि धेरैजसो शव चिन्नै नसक्ने अवस्थामा रहेको जानकारी गराए ।  उनले भने, “जम्मा ४ टोली बनाएर काम गरेका छौं । एउटा टोलीले प्रहरीसँग मिलेर मृतकको कपडा र गरगहना चिन्ने काम गरिरहेको छ भने अर्को टोलीले मृतकको विवरण तयार गरिरहेको छ । बाँकी रहेको २ टोलीले पोस्टमार्टम गरिरहेको छ ।”

स्वदेशी र विदेशी नागरिक रहेकाले सबै प्रक्रिया पूरा गरेर पोष्टमार्टमको काम गरिसक्न थप ५ दिन लाग्ने उनले जानकारी दिए ।  “जलेको अवस्थामा रहेकाले शव पहिचान गर्न नसकिने अवस्था छ,”   डा.श्रेष्ठले भने, “अहिलेसम्म फरेन्सिक विभागमा ४९ वटा शव आएको छ जसमा ८ वटा शव केएमसी अस्पतालबाट आएकाको मात्र नाम खुलेको छ भने अन्य ४१ जनाको केही पहिचान हुन सकेको छैन ।”

Global Ime bank

शव जलेकाले दाँत, कपाल र आवश्यक परिस्थितिमा डीएनएसमेत परीक्षण गर्नुपर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC