site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विमान दुर्घटनामा परी मृत्यु भएका २४ शवको पोस्टमार्टम 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त जहाजमा मृत्यु भएकाहरुको पोस्टमार्टममा ढिलाइ भएको भन्दै मृतकका आफन्तले गुनासो गरेका छन् । 

दुर्घटनामा ज्यान गुमाउनेहरु ४९ जनाको हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम भइरहेको छ । 

अस्पतालको फरेन्सिक विभागका अनुसार सोमबार बेलुकाबाटै चिकित्सकहरुको ४ वटा टोली बनाएर मृतकहरुको पहिचान र पोस्टमार्टम सुरु गरिएको सोही विभागका प्रमुख डा. प्रमोद श्रेष्ठले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

४ टोलीमध्ये १ टोली प्रहरीसँग मिलेर मृतकका गहना, मोबाइल, कपडा पहिचान गर्ने अर्को टोलीले मृतकको शरीरमा भएको दाग, कोठी, खत, अनुहारको आकृति परिवारसँग बुझिरहेको छ भने अन्य २ टोलीले पोष्टमार्टम गरिरहेको छ ।

चिकित्सहरुले ४ टोली बनाएर शव पहिचान र पोष्टमार्टमको काम गरिरहे पनि मृतकका आफन्तहरुले पोष्टमार्टम कार्यको परिणाम ढिलो आइरहेको बताएका छन् । 

Global Ime bank

“एक दिनमा ११ वटा शवको मात्र पोष्टमार्टम भइरहेको छ,” मृतक डा. बालकृष्ण थापाका आफन्त काभ्रेका प्रल्हाद थापाले बाह्रखरीसँग भने, “यसमा राज्यको ध्यान जान सकिरहेको छैन । स्वदेशी मात्र होइन विदेशी नागरिकसमेत दुर्घटनामा मृत्यु भएकाले हामीलाई जत्तिकै छटपटी र हतारो उनीहरुलाई पनि छ, सरकारले चिकित्सक थप गरी छिटो परिणाम आउने गरी काम गर्नुप¥यो ।” 

घरका वृद्धवृद्धा र बालबालिका सबै शोकमा रहेको अवस्थामा शवको पहिचान हुन ढिलाइ हुनाले परिवारका सदस्यमा थप पीडा थपिएको मृतक हरिशङ्कर पौडेलका आफन्त हरिशरण पौडेलले बताए । 

पोष्टमार्टममा खटिएका चिकित्सकका अनुसार शवहरु आंशिक रुपमा डढेको अवस्थामा रहेकाले अत्यन्त सावधानी तरिकाले काम गर्नुपरेकाले काममा ढिलाइ भइरहेको बताएका छन् । 

“छिटो परिणाम निकाल्ने गरी काम गर्दा अनुहार साथै अन्य स्थानको छाला, कोठी आदि बिग्रिन सक्छ,” डा.श्रेष्ठले बुधबारको संक्षिप्त पत्रकार भेटघाट कार्यक्रममा भने, “विदेशी नागरिकसमेत रहेकाले आवश्यक प्रक्रिया पु¥याएर काम गरिरहेका छौं, तपाईंहरु धैर्य गर्नुस् हामी केही दिनमै सबै शव पहिचान गरिसक्छौं ।” 

सोमबार विमान दुर्घटनाको केही बेरमै प्रधानमन्त्री केपी ओली घटनास्थलमा पुगे पनि राज्यको सहानुभूतिभन्दा पनि ठोस रुपमै चिकित्सकीय सहयोग चाहिएको आफन्तहरुको भनाइ छ । 

हालसम्म २४ शवको पोस्टमार्टम

सोमबारबाटै पोस्टमार्टम थालिएका ४९ शवमध्ये बुधबार साँझ ७ बजेसम्म २४ शवको पोस्टमार्टम सकिएको फरेन्सिक विभागका उप–प्राध्यापक डा. रिजेन श्रेष्ठले बताए । 

मृतकको लुगा, कपडा, मोबाइल र परिवारले उपलब्ध गराएको दाँत र अनुहारको आकृति, शरीरको खत, कोठी आदिको नमुनाबाट हाल शवको पहिचान भइरहेको श्रेष्ठले बताए ।

हालसम्म परिवारबाट ४३ शवको ‘एन्टिमोर्टम फर्म’ भर्ने काम भइसकेको छ । 

जसमा २० बङ्गाली र २३  नेपाली रहेका छन् । यस्तै १ चिनियाँ नागरिकको परिवारबाट ‘एन्टिमोर्टम फर्म’ भर्ने काम भइरहेको पनि उनले जानकारी दिए । 
सबै नमुना सङ्कलनपछि पनि शव पहिचान हुन नसके मृत शरीरको हाडको डिएनए परीक्षण गरी शव पहिचान गरिने विभागले बताएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  २२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC