site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विश्वको खुसी राष्ट्रहरुको सूचीमा भारतभन्दा नेपाल अगाडि
Sarbottam CementSarbottam Cement

एजेन्सी । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्क (सस्टेनेबल डेभलपमेन्ट सोल्युसन नेटवर्क) ले विश्व खुसी दिवसका अवसरमा गरेको सर्वेक्षणको सूची सार्वजनिक गरेको छ । 

यस शीर्षकमा पछिल्लो वर्ष पहिलो स्थानमा रहेको नर्वे यसवर्ष भने दोस्रोमा झरेको छ । सर्वेक्षणका अनुसार अहिले विश्वको सबैभन्दा खुसी मुलुक फिनल्यान्ड रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जनताको आय, स्वतन्त्रता, विश्वास, सुरक्षा, स्वास्थ्य जीवनको सम्भाव्यता, सामाजिक सहकारिता र उदारतालाई हेरेर गरिएको अध्ययनका आधारमा वर्ष वर्षमा यस्तो सूची तयार पार्ने गरिएको छ । शीर्ष स्थानमा पर्ने अन्य मुलुकहरुमा भने डेनमार्क, आइसल्यान्ड, स्वीट्जरल्यान्ड रहेका छन् । पहिलो स्थानमा रहेको फिनल्यान्डमा आप्रवासीहरु समेत विश्वभरमै सबैभन्दा खुसी अवस्थामा रहेको पाइएको विशेष रिपोर्टले जनाएको हो । 

त्यसैगरी छैठौँ स्थानमा नेदरल्यान्ड रहेको छ भने यसको पछि क्यानडा, न्युजिल्यान्ड, स्वीडेन र अस्ट्रेलिया  रहेका छन् ।

Global Ime bank

रिपोर्टमा उल्लेख गरिएअनुसार नेपाल चाहिँ ९९ औँ स्थानमा रहेको छ । पछिल्लो वर्ष ११८ औँ स्थानमा रहेको भारत यसवर्ष झन तल झर्दै १२२ नम्बरमा नेपालभन्दा धेरै पछाडि पुगेको हो । 

सार्कका अन्य मुलुकहरुमा पाकिस्तान ८० औँ स्थानमा, भुटान ९७ मा, बांग्लादेश ११० र श्रीलंका १२० मा रहेको छ । पछिल्लो समय आर्थिक विकासमा निकै ठूलो उपलब्धि हासिल गरेपनि खुसी राष्ट्रको  सूचीमा भने चीनले ८६ औँ स्थान प्राप्त गरेको छ । विश्वकै सबैभन्दा शक्तिशाली देश अमेरिका पनि गत वर्षभन्दा चार स्थान तल झर्दै १८ मा पुगेको छ । त्यस्तै रुसले ५९ औँ स्थान पाएको छ भने बेलायतले चाहिँ १९ औँ स्थान बनाउन सफल भएको छ ।

उक्त सूचीमा सबैभन्दा पछि पर्दै दुःखी राष्ट्रमा  सेन्ट्रल  अफ्रिकन रिपब्लिक १५५ मा, दक्षिणी सुडान १५४ मा र यमन १५२ औँ स्थानमा रहेको छ । 

कूल १५६ मुलुकहरुमा गरिएको यस परीक्षणमा बुरुन्डीले भने अन्तिम स्थान हासिल गरेको हो । सन् २०१२ मा पहिलोपटक संयुक्त राष्ट्रसंघले यो सर्वेक्षण सुरु गरेको थियो । यो सूची भने २०१५ देखि २०१७ सम्मको सर्वेक्षणका आधारमा तयार पारिएको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०७४  ०७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC