site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अपेक्षाकृत महत्त्वहीन मानिने उपराष्ट्रपति, उपसभामुख र राष्ट्रिय सभाका उपाध्यक्षबाहेक अरू महत्त्वपूर्ण पदमा निर्वाचन भइसक्यो । प्रदेश र संघमा कम्युनिस्ट गठबन्धनकै दुई तिहाइ बहुमतसहितका सरकार बनाइसक्यो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएर राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी पनि सत्तारुढ गठबन्धनकै हिस्सा बनेका छन् । यसैले अब प्रदेशहरू र केन्द्रमा सरकारलाई पूर्णता दिन ढिलो हुनुपर्ने कारण देखिँदैन । तर, संघीय सरकारका साथै अधिकांश प्रदेश सरकार पूर्ण हुनसकेका छैनन् । फलस्वरूप, भौतिक विकासका काममात्र हैन दैनिक प्रशासनसमेत ठप्प हुनपुगेका छन् । संक्रमण काल अन्त्यपछिको यति महत्त्वपूर्ण समय यसरी खेर फालिँदा जनतामा निराशा र शासन प्रणालीप्रति वितृष्णा उत्पन्न हुनसक्छ । 

चुनाव सकिएको करिब तीन महिनासम्म त प्रतिनिधि सभाले पूर्णता पाउनै सकेन । त्यसबाट नयाँ सरकार गठन हुने बाटो थुनियो । मूलतः राष्ट्रिय सभा निर्वाचन अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आलटाल गरेका कारण नयाँ सरकार गठन हुन ढिलो भएको हो । तर, प्रधानमन्त्री चयन भइसकेपछि पनि सरकारले करिब महिना दिनसम्म पूर्णता पाउन सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिँदासम्म र राष्ट्रपतिको निर्वाचन नहुँदासम्म सरकार विस्तार नगर्ने रणनीति अपनाए । यसले कम्युनिस्ट गठबन्धनभित्रै र पार्टीभित्रका गुटहरूबीच पनि विश्वासको संकट भएको सन्देश गएको छ । सरकार गठन भएलगत्तै थला परेको अर्थतन्त्रको सूचक मानिने सेयर बजार अझै उकालो लागेकोे छैन । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा तीन चौथाइ बहुमत पाए पनि त्यसले बजार र जनतामा उत्साह एवं आशाको सञ्चार गर्न सकेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले कामै नथालेपछि जनतामा उत्साह कसरी जागोस् त?  काम पन्छाउने बहाना खोज्न माहिर नेपालको कर्मचारी तन्त्र विकास बजेटको कार्यान्वयनका लागि पनि आदेश पर्खेर बसेको छ । तर, संघ र प्रदेशमा सरकारहरूले पूर्णता नै पाएका छैनन् । प्रदेश सरकार र स्थानीय तहको सुव्यवस्थित सञ्चालनका लागि संघ, प्रदेश तथा स्थानीय तहबाट बन्नुपर्ने नियम कानुनसमेत बन्नसकेका छैनन् । प्रदेश र स्थानीय तहमा खटाइएका निजामती सेवाका केही कर्मचारीले राज्यलाई असहयोग गर्दै कार्यक्षेत्रमा गएका छैनन् । तर, कुन कर्मचारीले सरकारलाई अटेर गरेर निजामती सेवाको मान्यता र ऐनविपरीत काम गरेको छ भन्ने अभिलेखसमेत कतै पनि छैन । सरकार अहिलेजस्तै शिथिल भइरहने हो भने प्रशासनमा अराजकता बढ्ने संकेत देखिएको छ । 

आर्थिक वर्ष समाप्त हुन ४ महिनामात्र बाँकी छ । विकास निर्माण कै काम गर्ने समय त झन् करिब तीन महिनामात्र बाँकी हुन्छ । विकास बजेट खर्च नहुँदा त्यसको असर ग्रामीण र सहरी दुवै बजारमा परेको छ । यस्तै अवस्था लामो समयसम्म रहे अपेक्षित आर्थिक वृद्धि हुनसक्तैन । यसले सरकारप्रति जनतामा निराशा र कुण्ठा बढाउँछ भने राज्य र शासन प्रणालीप्रति अविश्वास जगाउँछ । यस्तो अवस्था आइहाल्यो भने त्यसलाई हटाउन ठूलो परिश्रम गर्नुपर्ने हुन्छ । तर, अहिले प्रधानमन्त्रीले गुट र दलको स्वार्थभन्दा माथि उठेर सरकारलाई पूर्णता दिने तथा प्रशासन यन्त्रलाई स्वचालित बनाउने हो भने थोरै परिश्रम र समयले पुग्नेछ । यसैले प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएर जनतासामु चुनावका बेला गरेका प्रतिज्ञा पूरा गर्न अग्रसर हुन ढिला नगरून् ! 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०७४  १०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC