site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
चिकित्सकले नै झारफुक गर्न तान्त्रिक बोलाउँदा बिरामीको मृत्यु 
Sarbottam CementSarbottam Cement

एजेन्सी । पश्चिमी भारतको पुने शहरमा चिकित्सकले नै तान्त्रिक बोलाएर आईसीयुभित्र झारफुक गरेपछि सो भिडियो सामाजिक संजालमा अहिले भाइरल भएको छ । तर यस क्रममा बिरामीको मृत्यु भएपछि भने घटनाले गम्भीर रुप लिएको स्थानीय सञ्चारमाध्यमले बताएका हुन् । 

यसपछि २५ वर्षीया सन्ध्याका आफन्तले सो अस्पतालमाथि प्रेतआत्मा भगाउन भन्दै अन्धविश्वासको पछि लागि सही उपचार नगरेकाले बिरामीको मृत्यु भएको आरोप लगाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सन्ध्याको स्तनमा एउटा सानो गाँठो देखिएपछि उपचारका लागि उनी प्राइभेट अस्पताल चलाइरहेका डाक्टर शतिस चभनकहाँ पुगेको डेलीमेलको समाचारमा उल्लेख छ ।

तर चभनले दुईपटक शल्यक्रिया गर्दा पनि सफल हुन नसकेपछि आईसीयुभित्रै आफ्नो साथमा तान्त्रिक ल्याएर झारफुक गरेको परिवारको आरोप छ । 

Global Ime bank

मृतकका आफन्तले बताएअनुसार ती तान्त्रिकले झोलाबाट कागती र रातो कपडा निकालेर टाउकोदेखि खुट्टासम्म मन्त्र जप्दै केही गरिरहेका थिए । तर आफूहरुलाई भने यसबारेमा कुनै खबर नभएकाले प्रमाणका लागि मोबाइलमा सबै रेकर्ड गरेको उनीहरुले बताए । 

तर उता अस्पतालको प्रशासनले भने आफ्ना कर्मचारीहरु अन्धविश्वास सम्बन्धि कुनै कार्यमा संलग्न नभएको बताइरहेको छ । घटनामा संलग्न डाक्टरको समेत अस्पतालसँग कुनै सम्बन्ध नरहेको प्रशासनको भनाइ छ । 

उनीहरुले सन्ध्याको मृत्युको खबर भने सुनाइसकेका छन् । उनको स्वास्थ्यमा केही गम्भीर समस्या देखिएकाले उनलाई त्यहाँ भर्ना गरिएको तर उपचार हुन नसक्दा अङ्ग फेल भइ उनको मृत्यु भएको अस्पतालले बताएको हो । 

तरपनि  प्रशासनले आईसीयूभित्रको भाइरल भिडियो सम्बन्धि चाहिँ कुनै बयान नदिएको हुँदा घटनाबारे थप अनुसन्धान गरिने बताइएको छ ।  मृतकका परिवारले दोषी डाक्टर र अस्पतालविरुद्ध लापरबाहीको मुद्दा चलाइसकेको परिवारले बताएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०७४  ०५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC