site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
हाम्रो विमानस्थलको टावरले जे भन्यो त्योमात्रै सही हुँदैन, यहाँ आफ्नै आँखाले हेरेर ल्याण्ड गर्नुपर्छ
Sarbottam CementSarbottam Cement

सोमबार फागुन २८ गते बंगलादेशबाट आएको यूएस बंगला एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएपछि दुर्घटनाका कारण र नेपालको विमानस्थलका विषयमा चर्चा परिचर्चा भइरहेका छन् । विमान दुर्घटनाको विषयलाई लिएर विशेषज्ञहरुले भने प्रष्ट प्रतिक्रिया दिइसकेका छैनन् । यसै विषयलाई लिएर ३५ वर्ष पाइलट भएर घरेलु तथा अन्तर्राट्रिय उडानको अनुभव बटुलेका नेपाली पाइलट पुष्पराज शाक्यसँग बाह्रखरीका विष्णु बश्यालले कुराकानी गरेका छन् । 
प्रस्तुत छ, बश्यालले शाक्यसँग गरेको कुराकानीको अंशः

यूएस बंगला विमान दुर्घटनाको प्रमुख कारण के हो जस्तो लाग्छ यहाँलाई ?

कारण धेरै हुनसक्छन् । तर मैले जति कुराहरु थाहा पाएको छु, त्यो सबैबाट यस्तो लागेको छ कि पाइलटले रनवे नदेखेर अलमलमा पर्दा विमान दुर्घटना भएको हुनुपर्छ । किनकि अवतरणको बेलाको मौसम सफा भएन भने रनवे देख्न पनि गाह्रो हुन्छ र अलमल हुन्छ । त्यही भयो होला । 

Prabhu Bank
Agni Group
NIC Asia

०२ र २० को समस्याले दुर्घटना भएको हो की ? 

०२ र २० जुनमा ल्याण्ड गरेपनि केही फरक पर्दैन । ०२ मा रनवे देखेन होला, त्यसैले २० मा गयो होला । पाइलटलाई रनवेको एप्रोचमा छु तल गएपछि देख्छु भन्ने लाग्यो होला तर तल जाँदा टावरको साइडमा परेको हुनुपर्छ । ‘मिसएप्रोच’ भएपछि दायाँ घुमाएर सिमराबाट एप्रोच गर्नुपथ्र्यो । तर अब के घुमाइराख्नु यत्तिकै गर्दिन्छु भनेर सिधै ल्याण्ड गर्न खोज्दा यस्तो भएको हुनसक्छ । यसमा कन्ट्रोल रुमबाट जाने सूचनामा पनि स्पष्ट हुनु जरुरी हुन्छ । टावरको छेउबाट आयो भनेको छ । रनवेमा ढ्याङ्ग हानेर उफ्रिएर गएको हुनुपर्छ विमान । 

Global Ime bank

दुर्घटनाको मुख्य दोष कसको होला ?

हुन त यो दुर्घटनामा यही नै दोषी भनेर मैले अहिले भन्ने कुरा पनि हैन र मिल्दा पनि मिल्दैन । तर, विमान दुर्घटनामा ९० प्रतिशत दोष चालकको नै हुन्छ । अहिलेको दुर्घटनामा पनि चालककै दोष हो त म भन्दिन तर पक्कै पनि चालकमा धेरै कुरा निर्भर थियो भन्ने कुरा भुल्नुहँुदैन । यसमा दुईतीन वटा पक्षलाई हेर्न सकिन्छ । एक त प्रक्रिया मिलेन ।

हाम्रो विमानस्थलको टावरले जे भन्यो त्यो सही पनि हुँदैन । यहाँ आफ्नै आँखाले हेरेर ल्याण्ड गर्नुपर्छ । टावरले ‘क्लियर टु ल्याण्ड’ बाहेक अरु भन्न सक्दैन । त्यतिबेला चालकको चेतना गुमेको जस्तो देखिन्छ । हुन त हरेक पाइलटलाई जाने ठाउँको बारेमा तालिम दिएर नै पठाइन्छ, तरपनि यस्तो ठाउँमा जहाज ल्याउने पाइलटलाई विशेष ज्ञान आवश्यक हुन्छ ।

विमानस्थलको कमजोरी छ कि छैन ?
 

यो घटनालाई लिएर विमानस्थलको कमजोरी खोतल्न त म चाहन्न, तर धेरैलाई थाहा भएकै कुरा हो कि हाम्रो विमानस्थल कुन अवस्थाको छ । मैले विश्वका धेरै विमानस्थलहरुबाट उडान र अवतरण गरेको छु । ती सबै हेर्दा नेपालको विमानस्थलको अवस्था निकै दयनीय लाग्छ । 

हाम्रो विमानस्थलमा अभाव त पक्कै पनि छ, जुन अन्य धेरै देशका विमानस्थलमा छन् । त्यस्ता साधनहरु हाम्रो विमानस्थलमा अभाव छ । हाम्रो विमानस्थलमा चालकले रनवेसँग भिजुअल कन्ट्याक्ट गर्न नसक्दा अवतरणका लागि मार्गनिर्देशन गर्ने इन्सट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) तथा रनवेबाट प्रत्यक्ष प्रकाशको पहुँच हुने एप्रोच लाइटिङ सिस्टम (एएलएस) जस्ता साधन छैनन्, जसले धेरै कुराको जानकारी गराउँछन् ।

रनवे सेन्टरबाट प्रकाश फ्याँक्ने र जहाजको अटोपाइलट ल्यान्डिङ गर्ने अटोपाइलट सिस्टमको सुविधा लिन पनि हाम्रो विमानस्थलमा सम्भव देखिन्न । यस्तो अटोपाइलट बाहिरबाट आउने सबैजसो जहाजहरुमा हुन्छ । यसमा तलबाट पूरै लाइट दिइरहेको हुन्छ, जहाँ जिरो भिजिविलिटीमा पनि जहाजले ल्याण्ड गर्न सक्छ । हाम्रो आउने मार्ग दक्षिणी मार्ग नै हो, जहाँ पहाडसँग लाइट ठोक्किछ, जसले गर्दा जहाजसँग रनवेको सिधा एप्रोच अर्थात् सम्पर्क हुँदैन । त्यसैले यहाँ त्यस्तो साधन प्रयोग हुन नसकेको हो । 

३५ वर्षको अनुभवमा त्यस्तो कठिन परिस्थितिको सामना गर्नुपर्यो कि परेन ?
 

सन् १९८७ मा अन्तर्राष्ट्रिय उडानमा को–पाइलट र १९८९ बाट क्याप्टेनका रुपमा काम गरेको थिएँ । मैले २५ वर्ष अन्तर्राष्ट्रिय उडानमा पाइलट भएर काम गरें । ३ वर्षजति भारतको हवाई कम्पनी ब्लुडार्टमा र नेपाली आकाशमा मात्रै पनि १० वर्ष पाइलटको काम गरेको छु । 

काठमाडौं उत्रने क्रममा त मैले धेरैपल्ट यस्तो महसुस गरेको छु । कहिलेकाहीँ रनवे देखिँदैनथ्यो । त्यो बेला होल्ड गर्ने हो कि ओभरसुट गर्ने भन्ने हुन्थ्यो । मैले अन्तर्राष्ट्रिय उडानमा बोइङ ७२७ तथा बोइङ ७५७ मा १९० जना यात्रु लिएर धेरै पटक उडाएको छु । एकपटक चीनको सांघाइबाट आउँदा बगंलादेशको राजधानी ढाकाबाट १ सय माइल परै इञ्जिन फेल भएको थियो ।

हामीले त्यतिबेला ढाकातिर डाइभर्ट गरेर ल्याण्ड गरी दुर्घटनाबाट जोगाएका थियौं । त्यो मलाई अहिले पनि सम्झना छ । त्यस्तै, हङकङको पहिलेको काइटाक एयरपोर्टमा उत्तरतिरबाट ल्याण्ड गर्दा निकै डरलाग्दो थियो । घरैमाथिबाट ल्याण्ड गर्नुपथ्र्योे तर अहिले त रनवे अर्को ठाउँमा सारेको छ । अहिले धेरै सजिलो बनाएको छ । हामी मुम्बईमा उड्दा मनसुनको बेला कहिलेकाहीँ पूरै बादलले ढाक्थ्यो, त्यो बेला अवस्था हेरेर कहिले होल्ड गथ्र्यौं त कहिले राम्रो हुनासाथ अगाडि बढाउँथ्यौं । 

तपाईं पुगेकामध्ये राम्रा विमानस्थल कुन हुन् ?

जापानको कन्साई एयरपोर्ट जो समुद्रको बीचमा छ तर निकै राम्रो छ । हङकङको अहिलेको काइट्याक एअरपोर्ट पनि समुद्रको बीचमा छ, त्यो पनि राम्रो छ । त्यस्तै सांघाइको पनि राम्रो, सिंगापुरको पनि धेरै राम्रो । अहिले बैंककमा नयाँ बनाएको छ, त्यो पनि धेरै राम्रो छ । 

दुबईमा पनि अहिले नयाँ बनाइएको छ दुईवटा, ती पनि राम्रा छन् । भारतको हैदरावादको पनि राम्रो छ । नेपालको भन्दा कलकत्ताको पनि राम्रो छ । विमानस्थल राम्रो हुन रनवे राम्रो त हुनैपर्यो, त्यो बाहेक टर्मीनल तथा यात्रुप्रति गरिने व्यवहार तथा सुविधाका विषयहरु पनि पर्दछन् । ती सबै हाम्रो नेपालको विमानस्थलमा अभाव भएको देखेको छु मैले । अब अहिले बन्दै गरेका नयाँ विमानस्थलहरुमा ती विषयहरुलाई ध्यान दिइनुपर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०७४  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC