site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनसीसी बैंकको बोर्ड बैठकमा सीआईवीको छापा, ऋण दुरुपयोग गरेको आरोप
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) को बोर्ड बैठकमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले छापा मारेको छ । ऋण दुरुपयोग गरेको अभियोगमा बोर्ड बैठकमा छापा मारेर केही पदाधिकारी र कर्मचारीलाई शुक्रबार बागबजारमा जारी बोर्ड बैठकबाटै नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

बैंकमा करिब डेढ अर्ब रुपैयाँ घोटाला भएको भन्दै उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सीआईबी स्रोतले जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“एनसीसी बैंकमा भएको घोटाला सम्बन्धी उजुरी छानविनका लागि अनुसन्धान सुरु गरेका हौं,” सीआईवी प्रमुख पुष्कर कार्कीले भने, “अनुसन्धान हुँदैछ । घटनाका बारेमा छिट्टै सार्वजनिक गर्नेछौं ।”

एनसीसी बैंकसँग केही समय पहिले मर्ज भएको एपेक्स बैंकको ऋण दुरुपयोग सम्बन्धी विषय भएको स्रोतले जानकारी दिएको छ । एपेक्सका तत्कालीन पदाधिकारी र व्यवस्थापनको मिलेमतोमा ऋण दुरुपयोग भएको बताइएको छ ।
नेपाल राष्ट्र बैंकले एनसीसी बैंक घोटाला प्रकरणका दोषीलाई कारवाही गर्न पत्र पठाएको २ सातापछि केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकमा छापा मारेको हो ।
सीआईबीको टोलीले बागबजारमा रहेको केन्द्रीय कार्यालय र अन्य शाखाहरुबाट अहिलेसम्म २० जनालाई पक्राउ गरेको जनाएको छ ।
एनसीसी बैंकमा नक्कली पुर्जा राखेर ऋण दूरुपयोग गरेको आरोपमा नेपाल राष्ट्र बैंकले अनुसन्धान सुरु गरेको थियो । 
एनसीसी बैंकसँग मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकसँग सम्बन्धित ऋण दूरुपयोग भएपछि राष्ट्र बैंकले सीआईबीलाई कारवाहीका लागि पत्र लेखेको थियो ।
झण्डै २ अर्ब (२ सय करोड) ऋणमध्ये ४४ करोड रुपैयाँ भुक्तानी भइसकेको बताइएको छ । अझै १ सय ५६ करोड रुपैयाँ ऋण उठ्न नसक्ने अवस्थामा पुगेपछि राष्ट्र बैंकले एनसीसीलाई ऋणको नोक्सानी ब्यवस्थापन गर्न यसअघि नै निर्देशन समेत दिएको थियो । एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल र ऋण व्यवस्थापन शाखाको मिलोमतोमा रकम दुरुपयोग भएको देखिएको स्रोतको दाबी छ । यद्यपी घोटाला प्रकरणमा को–को संग्लन थिए भन्ने राष्ट्रबैंकको प्रतिवेदन गोप्य राखिएको छ । स्रोतका अनुसार तत्कालीन अध्यक्ष धिताल र उनको टिमले काठमाडौं, भक्तपुर, झापा, धादिङ लगायतका जिल्लामा नक्कली जग्गाको पुर्जा बनाएर योजनामै ऋण प्रवाह गरेका थिए । 
मर्ज हुनुअघि एपेक्स डेभलपमेन्ट बैंकको कार्यालय हात्तिसार काठमाडौंमा थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०७४  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC