site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ओडीआई मान्यता पाएको नेपाललाई थुप्रै अवसर, चुनौती उत्तिकै
Sarbottam CementSarbottam Cement

काठमाडौं । पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएसँगै नेपाली क्रिकेटको अहिले सर्वत्र चर्चा छ । एकदिवसीयको अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपालले थुप्रै अवसर पाउनेछ । विश्वकप छनोटको प्लेअफमा नेपालले पपुवा न्युगिनी र नेदरल्याण्डले हङकङलाई पराजित गरेसँगै नेपालले यो ऐतिहासिक सफलता पाएको हो ।
एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपालले यस्ता अवसरहरु पाउनेछ–

इन्टरकन्टिनेन्टल कप
इन्टरकन्टिनेन्टल कप एसोसिएट राष्ट्रको सबैभन्दा उच्च स्तरको प्रतियोगिता हो । यो चार दिवसीय फम्र्याटमा हुने गर्छ । आईसीसीले यही प्रतियोगिताको प्रदर्शनका आधारमा पनि एसोसिएट राष्ट्रलाई टेष्ट मान्यता दिने–नदिने टुंगो लगाउने गर्दछ । सन् २०१५ देखि २०१७ सम्म भएको इन्टरकन्टिनेन्टल कपको विजेता अफगानिस्तान र उविजेता बनेको आयरल्याण्डले टेष्ट मान्यता पाएका छन् ।

नेपालले पनि एक दिवसीय मान्यता पाएसँगै यो प्रतियोगिता खेल्न पाउनेछ । नेपालको भविष्यसँग जोडिएको प्रतियोगिताको रुपमा यसलाई हेरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

च्याम्पियनसिप
सन् २०१५ देखि २०१७ सम्म चलेको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले सहभागिता जनाएको थियो, जुन प्रतियोगितामा नेपालले खराब प्रदर्शन गर्दै सातांै स्थानमा परेर रेलिगेशन हँुदै डिभिजन टु मा घटुवा भएको थियो ।

विश्वकप छनोटबाट नेपालले २०२२ सम्मका लागि एक दिवसीय मान्यता पाएसँगै पुनः आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएको छ ।

Global Ime bank

विशेष सुविधा
नेपालले एसोसिएट राष्ट्रको रुपमा जति रकम आईसीसीबाट पाउने गरेको थियो, अब त्यो बढ्नेछ । उच्च कोटीको प्रशिक्षक, खेलाडीलाई दिइने सुविधा, विभिन्न देशमा प्रशिक्षण तथा एक दिवसीय सिरिज खेललगायतका सुविधा नेपालले आईसीसीबाट पाउनेछ । 

नेपालले २०२२ सम्मका लागि प्रत्येक वर्ष करिब ८ करोड रुपैयाँ आईसीसीबाट पाउनेछ । त्यसो त अब नेपाल पनि आईसीसीको बरियतामा आएको छ । अब नेपालले खेल्ने खेलअनुसार आईसीसीको बरियतामा आउनुका साथै खेलाडीको प्रदर्शनको लेखाजोखा पनि हुनेछ । यसका साथै नेपालले आफूभन्दा ठूला राष्ट्रसँग एक दिवसीय सिरिज खेल्ने अवसर पनि पाउने भएको छ । 

२२ वर्षे यात्रा
सन् १९८८ मा आईसीसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो । २०१८ मा आएर नेपालले एक दिवसीय मान्यता पाएको छ । यो नेपालको लागि अहिलेसम्मकै ठूलो उपलब्धि हो ।

नेपालले सन् २००८ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभको तेस्रो स्थान ओगटेको थियो । त्यसबेला अफगानिस्तान विजेता र जर्सी उपविजेता बन्दै डिभिजन फोरमा प्रवेश गर्दा नेपाल डिभिजन फाइभमै चित्त बुझाउनु परेको थियो ।

त्यसको करिब २ वर्षपछि सन् २०१० मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभको भने नेपाल विजेता बन्न सफल भयो । नेपालमै भएको फाइनलमा अमेरिकालाई ५ विकेटले पराजित गर्दै नेपाल विजेताको साथ डिभिजन फोरमा बढुवा भएको थियो ।

यही साल इटालीमा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन फोरमा भने नेपालको प्रदर्शन सोचेअनुरुप भएन । नेपालले तेस्रो स्थानमै चित्त बुझाउँदा अमेरिका विजेता र इटाली उपविजेता बन्दै डिभिजन थ्रीमा प्रवेश गरेको थियो ।

सन् २०१२ मा भने नेपाल डिभिजन फोरको विजेता बन्न सफल भयो । मलेसियामा सम्पन्न  प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपाल विजेता र अमेरिका उपविजेता बन्दै डिभिजन थ्रीमा नेपाल पुगेको थियो ।

सन् २०१३ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री को विजेता बन्दै नेपालले विश्वको ध्यान तानेको थियो । आफूभन्दा अब्बल टोलीलाई पराजित गर्दै नेपालले त्यसबेला ऐतिहासिक सफलता पाएको थियो । फाइनलमा नेपालले युगाण्डालाई ५ विकेटले पराजित गर्दै डिभिजन टु मा प्रवेश गर्नका साथै सन् २०१४ मा हुने आईसीसी विश्वकप छनोटमा पनि स्थान बनाएको थियो । 

त्यसपछि भने नेपाली क्रिकेटको क्रेज ह्वाटै बढेको थियो । एकपछि अर्को राम्रो प्रदर्शन गर्दै अघि बढेको नेपाल सन् २०१४ मा डिभिजन थ्री को दोस्रो पटक विजेता बन्यो । २०१४ नेपाली क्रिकेटको लागि निकै राम्रो सावित भयो, जुन वर्ष  नेपालले टि–ट्वान्टी विश्वकप क्रिकेट पनि खेलेको थियो । 

सन् २०१५ देखि २०१७ सम्म चलेको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने नेपालले अवसर पाएको थियो । लड्दै, उठ्दै अघि बढेको नेपाल यही वर्ष आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बन्न सफल भयो । नामिवियामा फेब्रुअरीमा सम्पन्न डिभिजन टु मा युएई विजेता बन्दा नेपाल उपविजेता बन्दै विश्वकप छनोटमा प्रवेश गरेको हो ।

क्यान विवाद नमिले अवसर गुम्ने खतरा
नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको श्रेय सबै खेलाडी र प्रशिक्षकलाई नै जान्छ । नेपाल क्रिकेट संघ (क्यान) बिनै नेपाली क्रिकेटले ऐतिहासिक सफलता पाएको छ । तर, क्यानबिना नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नु मुस्किल नै छ । 

आईसीसीले दिने फन्ड सञ्चालन गर्ने र नेपाली क्रिकेटको विकास गर्ने क्यान नभए एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनुको कुनै अर्थ छैन । २०७२ मा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावकबिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् ।

क्यान विवाद अन्त्य भई निलम्बन फुकुवा नहुने हो भने नेपालले पाएको यो ऐतिहासिक सफलता गुम्नेछ । २०७२ साल मंसिरमा क्यानका तत्कालिन उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायतका पक्षले क्यानको अधिवेशन गर्यो । तर, क्यानकै तत्कालिन अध्यक्ष टंक आङबुहाङको पक्षले कोठे निर्णय र पारदर्शी नभएको भन्दै तत्काल अधिवेशन रोक्नका लागि राष्ट्रिय खेलकुद परिषद्मा लिखित उजुरी दिएको थियो । 

राखेपले चुनाव रोक्न तत्काल निर्देशन दिए पनि क्यानका चन्द र प्याकुरेलको पक्षले चुनाव रातारात गराएर छाडे, जुन चुनावबाट क्यान अध्यक्षमा चन्द र महासचिवमा प्याकुरेल चुनिए । तर राखेपले कुनै पनि हालतमा निर्वाचित क्यानलाई मान्यता नदिने प्रष्ट पार्यो । 

त्यसको केही दिनमै राखेपले रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति बनाएको थियो । क्यान विवादले उग्ररुप लिँदै गर्दा आईसीसीले २०७३ वैशाखमा क्यानलाई सरकारी हस्तक्षेप र निष्पक्ष नभएको भन्दै प्रतिबन्ध लगाएको थियो ।

अहिले क्यानलाई आईसीसीले अन्तिम मौका दिएको छ । अब पनि क्यान विवाद नमिले सदस्यताबाटै क्यान खारेज हुन सक्छ ।

तस्बिर : अाइसीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०७४  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC