site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
बनाएको ६ घण्टामै अमेरिकामा आकाशे पुल भत्कियो 
Sarbottam CementSarbottam Cement

एजेन्सी । अमेरिकाको मायामीमा १७४ फुटको नयाँ आकाशेपुल भत्किएर खसेपछि ६ जनाको मृत्यु भएको छ भने ८ गाडीहरु पुरिएका हुन् । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका हुन् ।

९५० टन भन्दा बढी तौल भएको उक्त निर्माणाधीन पुल आगामी वर्षमात्र खुलाइने तय भएको थियो । तर फ्लोरिडा इन्टरनेस्नल युनिभर्सिटीका विद्यार्थीहरुले सो क्षेत्रको ७ लेनको खतरनाक सडक पार गर्न कठिन भएको बताउँदै लगातार पुल निर्माण गर्न माग गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ प्रविधिबाट बनाइएको उक्त पुललाई ‘त्यस प्रकारको पहिलो पुल’ भएको बताइएको थियो । ट्राफिक कम गराउनुका साथै , विद्यार्थीलाई सडक पार गर्न पनि मद्दत हुने उद्देश्यले कामदारहरुका लागि समेत अत्यन्तै सहज तरिका अपनाएर पुलको निर्माण गरिएकोे निर्माणकर्ताले जानकारी दिएका हुन् । 

सो पुललाई केबल ६ घण्टामै स्थापित गरिएको भिडियो पनि सार्वजनिक गराइएको थियो । यसबारेमा राष्ट्रपति ट्रम्पले पनि ट्वीट गर्दै पीडित परिवारसमक्ष दुःख व्यक्त गरेका छन् भने उद्धार कार्यमा लागेका सबै अधिकारीलाई बहादुरीका लागि धन्यवाद दिएका छन् ।

Global Ime bank

अहिलेसम्म के कारणले पुल खस्न पुग्यो भन्ने चाहिँ स्पष्ट पत्ता नलागेको बताइएको छ । यसका लागि यातायात सुरक्षा बोर्डले अनुसन्धान टोली खटाइसकेको बताएको छ । सरकारले सो पुलका लागि १४ मिलियन डलर खर्च गरेको थियो । 

साथै अन्य दुई निर्माण कम्पनीहरु पनि कार्यमा संलग्न भएको बताइएको छ । संलग्न दुवै निर्माण कम्पनीहरु यसअघि पनि कमजोर निर्माणका विभिन्न मुद्दामा फसिसकेको खबर अहिले बाहिर आइरहेको अन्तराष्ट्रिय संचार माध्यमले बताएका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०७४  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC