site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेदरल्याण्डसद्वारा नेपाललाई जितका लागि १९० रनको लक्ष्य प्रस्तुत  
Ghorahi CementGhorahi Cement

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि भएको प्ले अफमा नेदरल्याण्डसले नेपाललाई जितका लागि १९० रनको लक्ष्य दिएको छ । नेदरल्याण्डसले दिएको १९० रनको मध्यम लक्ष्यसहित नेपालले केहि बेरमा जवाफी ब्याटिङ्ग थाल्ने छ ।

क्वेक्वे स्पोर्ट्स क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डसले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर १८९ रन बनाउन सक्यो । नेदरल्याण्डसको लागि बास डी लीडेले ३९ तथा म्याक्स ओड्वोडले २८ रन जोडे । त्यस्तै स्कोट एडवार्ड्स र भान डर मेर्वीले समान २५ – २५ रन जोड्दा पिटर सिलार २३ रनमा आउट भए । नेदरल्याण्डसका शेन स्नाटर २३ रनमा अविजित रहे ।

Agni Group

नेदरल्याण्डसलाई मध्यम स्कोरमा रोक्न नेपालका सोमपाल कामीले ४ विकेट लिए  । यस्तै सन्दिप लामिछाने र ललित नारायण राजवंशीले समान २ – २ विकेट लिदा शक्ति गौचनले १ विकेट लिए ।

सातौं स्थानको लागि जारी यो खेल दुवैको लागि प्रतिष्ठाको लडाई मात्र हुनेछ । तर, दुवै टिम जित हात पार्दै सुखद अन्त्य गर्ने दाउमा छन् । यो प्रतियोगिताबाट नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिसद आईसिसीबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ । जुन नेपालको २२ बर्षे क्रिकेट इतिहासमा सबैभन्दा ठुलो फड्को हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०७४  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC