site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सनी र मन्जुलाई स्वर्ण
Ghorahi CementGhorahi Cement

काठमाडौं। त्रिभुवन आर्मी क्लबका सनी सिंह सुनार र मन्जु विकले १५ औं राष्ट्रिय पुरुष तथा १४ औं राष्ट्रिय खुल्ला महिला फुल कन्ट्याक्ट कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला तौलसमूहको  पुरुषमा सनी र महिलातर्फ मन्जुले स्वर्ण जितेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको पुरुष फाइनलमा सनीले ४ नम्बर प्रदेशका मदन  क्षेत्रीलाई पराजित गरे । यो स्पर्धामा ४ नम्बर प्रदेशकै गोविन्द रोका तेश्रो र दीपक  महतो चौथो भए ।

Agni Group

महिला खुल्लामा स्वर्ण जित्ने क्रममा ४ नम्बर प्रदेशकी ममता राईबाट वाक ओभर पाइन् । ममता ‘मेडिकल्ली डिस्क्वालिफाई’ भएपछि मन्जुलाई स्वर्ण जित्न प्रतिस्पर्धा गर्नु परेन । ५ नम्बर प्रदेशकी लक्ष्मी मल्ल ठकुरी तेश्रो स्थानमा रहिन् ।

प्रतियोगिताको पुरुष ६५ केजीमुनिमा मनोज थपलियाले स्वर्ण जिते । मनोजले फाइनलमा ४ नम्बर प्रदेशका गोपीराम स्याङतानलाई हराए । आर्मीका चोपबहादुर बुढाथोकी तेश्रो तथा ५ नम्बर प्रदेशका थोमस खड्का चौथो भए ।

Global Ime bank

पुरुष ५५ केजीमुनि ३ नम्बर प्रदेशका महेश भुजेलले स्वर्ण हात पारे । उनले ५ नम्बर प्रदेशका सन्देश सुनारलाई पाखा लगाए । यो स्पर्धामा ४ नम्बर प्रदेशका अजय राई तेश्रो र ३ नम्बर प्रदेशका  सुजन दनुवार चौथो भए ।

नेपाल क्योकुसिन कराते डो संघ वज्रले योजना गरेको प्रतियोगिताको चारै स्पर्धामा शीर्ष चार स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार, २ हजार ५ सय र १ हजार २ सय नगद पुरस्कार पर्प्त गरे ।

यस्तै एकल कातामा ५ नम्बर प्रदेशका सन्तोष साउद पहिलो,  ३ नम्बर प्रदेशका महेश भुजेल दोश्रो र आर्मीका सुनील नगरकोटी तेश्रो भए । सन्तोषले ४२.५, महेशले ४२ तथा सुनीलले ४०.५ अंक जोडे । शीर्ष स्थानमा रहनेले क्रमशः ५ हजार, २ हजार ५ सय र १ हजार २ सय नगद पुरस्कार पाए ।

विजेतालाई पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचन र वरिष्ठ उपाध्यक्ष पुष्पमान मानन्धरले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १ सय ५ खेलाडीले विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०७४  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC